Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरीद्वारा लागू औषध गाजा बरामद

205

बारा, ०३ मंसिर / सशस्त्र प्रहरी बल नेपालले २० किल्लो ग्राम लागू औषध गाजा बरामद गरेको छ । सिम्रौणगढ नगरपालिका वडा नम्बर १ बाट बोर्डर आउट पोस्ट पिपरपातीबाट खटिएको टोलिले लागू औषध गाजा बरामद गरेको हो ।
बोर्डर आउट पोस्ट पिपरपातीबाट सशस्त्र प्रहरी निरीक्षक कृष्ण बहादुर आले मगरको कमान्डमा खटिएको टोलिले लागू औषध गाजा बरामद गर्न सफल भएको छ । आज बिहान करीब ७ बजेको समयमा पिपरपातीबाट खटिएको पैदल गस्ती टोलिलाइ हेर्न साथ कारोबारी फरार भएपनी लागू औषध बरामद गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । नेपालबाट भारततर्फ लगिरहेको अवस्थामा सशस्त्र प्रहरीलाई हेर्नसाथ टाउकोबाट फाली भारततर्फ फरार भएपनी २० किलोग्राम लागू औषध गाजा बरामद गरेको जनाइएको छ । बरामद गरेको लागू औषध गाजा अवाश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय सिम्रौणगढमा बुझाइएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.