Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरीको ठूलो सफलता : नक्कली नेपाली रूपैया सहित भारतिय नागरिक पक्राउ

20,344

उमेश दुबे
बारा, २० फाल्गुन / बाराको आदर्श कोतवाल गाउपालिका वडा नम्बर ६ बाट नेपाली जाली नोट सहित एक जना भारतिय नागरिकलाइ सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाली जाली नोट रूपैयाको कारोबार भइरहेको बिशेश सूचनाको अधारमा सशस्त्र प्रहरी बल २ नम्बर बाहिनीबाट खटिएको सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी बल २ नम्बर बाहिनीबाट सशस्त्र प्रहरी हवलदार आत्माराम पटेलको नेतृत्वमा खटिएको ३ जनाको टोलिले नेपाली जाली नोट सहित भारतिय नागरिक र भारतिय मोटरसाइकल नियन्त्रणमा लिन सफल भएको सशस्त्र प्रहरीले जनाएको छ । बाराको आदर्श कोतवाल गाउपालिका वडा नम्बर ६ पटेर्वा सौखी चौक नजिकैबाट पक्राउ गर्न सफल भएको बताइन्छ ।
१ लाख नेपाली रूपैया लिएर आइरहेको सूचनाको अधारमा खटिएको सशस्त्र प्रहरीको टोलिले नियन्त्रणमा लिन सफल भएको सशस्त्र प्रहरी बलले जनाएको छ । सशस्त्र प्रहरी उपरीक्षक बिग बिजय सुवेदीले ५ सयको ३४ वटा र १ हजारको ८३ वटा नक्क्ली नेपाली रूपैया बरामद भएको बताए । उहाले बि आर ०६ जेढ ७१०९ नम्बरको भारतिय मोटरसाइकल र भारतको मोतिहारी बस्ने बिगु प्रसाद कुश्वाहाको २१ बर्सिय छोरा पप्पु कुश्वाहालाइ नेपाली जाली सहित नियन्त्रणमा लिएको बताउनु भयो । नियन्त्रणमा लिएको भारतिय मोटरसाइकल, जाली नोट र कुश्वाहालाइ नेपाल प्रहरीको जिम्मा लगाउने तयारीमा रहेको सशस्त्र प्रहरी उपरीक्षक दिग बिजय सुवेदीले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.