Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरीको टोलिले गर्यो गाजा सहितको नेपाली गाडी बरामद

437

उमेश दुबे
बारा, १५ भाद्र / बाराको कोल्बी नगरपालिका वडा नम्बर ९ बाट लागू औषध गाजा बोकेको नेपाली गाडी सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीबाट खटिएको टोलिले लागू औषध गाजाले भरिएको नेपाली नम्बर प्लेट भएको गाडी बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल २ नम्बर बाहिनीका प्रमुख डिआइजी कृष्णभक्त ब्रम्हचार्यको आदेशले खटिएको विशेष टोलिले लागू औषध गाजा ओसार पोसार गर्ने गाडी सहित बरामद गरेको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । यस बिषयमा डिआइजी ब्रम्हचार्यले सूचना आउनसाथ सशस्त्र प्रहरी बल २ नम्बर बाहिनीबाट खटाइएको विशेष टोलिले गाडिलाइ पन्छ्याउदै जादा चालक फरार भएपनी लागू औषध बोकेको गाडी नियन्त्रणमा लिन सफल भएको बताए । उहाले करीब १ सय ६५ किल्लोग्राम गाजा रहेको अनुमान गरिएको छ भने नियन्त्रणमा लिएको गाडी १२ नम्बर गणमा लगिरहेको बताए ।

Leave A Reply

Your email address will not be published.