Ultimate magazine theme for WordPress.

सरूवाको मुखमा तस्कर सङ लाखौ महिनवारी, आइजिपी खनालको नाम भजाउदै केही उच्च अधिकारी

742

उमेश दुबे
पर्सा, २६ असार / सशस्त्र प्रहरी बलको गणपती, गुल्मपती, बिओपिपतीहरूको सरूवा हुने बेला तस्कर संगठनहरू सङ लाखौ रूपैया महिनवारी स्वरूप उठाएको जनाइएको छ । असार महिना भित्रै श्रावण महिनाको १ गते तलब खाने गरि सरूवा हुन लागेका प्रमुखहरू सीमाबाट अबैध तरिकाले कार्य गर्ने तस्कर संगठनहरू सङ लाखौ महिनवारी उठाइरहेका हुन ।
नेपाल र भारतको सीमाबाट हुने गरेको अबैध तरिकाको कार्यबाट सशस्त्र प्रहरी बलले रकम उठाउनु कुनै नौलो कुरो नभएपनी सीमाबाट व्यापक रूपमा आर्थिक कलेक्सन भइरहेको प्रहरी श्रोतले जनाएको छ । श्रोतले जनाए अनुसार असार महिना भित्र सरूवा हुन लागेका बिरगंज भन्सार राजस्व गस्ती टोलिका प्रमुख तिलक खडकाले केही पैसा सादा पोशाकमा टोलि परिचालन गरि उठाउन लगाएका छन भने केही पैसा आफ्नै निवासमा तस्करलाइ बोलाइ उठाएको बताए । डिएसपी खडकाको रकम उठाउने शैली हेरि आफूलाइ सशस्त्र प्रहरी बलको जवान रहेको भन्न समेत लाज लागेको बताए ।
केही दिन अगाडी सशस्त्र प्रहरी बलका डिएसपी खडकाले तस्कर संगठनका मुख्य नाइके सङ रकम लिइ सके पश्चात् भन्सार पछाडीबाट एक दिनमै ७० लाख बराबरको कपडा अबैध तरिकाले नेपाल भित्रिन सफल भएको थियो । सूचना बाहिर आउनसाथ डिएसपी खडका बिदाको नाउमा घर पलायन समेत भएका थिए । नेपाल र भारतको सीमा सुरक्षा जिम्मेवारी पाएका सशस्त्र प्रहरी बल संगठनकै माथिल्लो निकायलाइ लाखौ रूपैया महिनवारी स्वरूप बुझाउने गरेकोले डिएसपी खडका खुल्याम तस्करी बापत रकम उठाउने गरेको बताए । सशस्त्र प्रहरी बल सचिवालयमा कार्यरत डिएसपी सुरेश गैरे र डिएसपी तिलक खडका ब्याजीको साथ साथै नजिकी भएको कारण उनकै माध्यमले आफ्नो आदेश विपरीत कार्य गर्ने कुनै टोलिलाइ सहजै कार्यदलमा तानेर कारवाही गर्न लगाउने गरेको बताए ।
डिएसपी सुरेश गैरेको माध्यमले माथिल्लो निकायलाइ लाखौ रकम बुझाएकै कारण डिएसपी खडकालाइ हालसम्म केही कारवाही हुन नसकेको एक जना उच्च अधिकारीले आफ्नो नाम नछाप्ने सर्तमा बताएका छन । डिएसपी गैरे सशस्त्र प्रहरी बलका प्रमुख आइजिपी शैलेन्द्र खनालको बिस्वासिला पात्रको रूपमा चिनिन्छ्न ।
एक जना तस्करका अनुसार एउटा बिरगंज भन्सार राजस्व गस्ति टोलिलाइ दिएर मात्रै काम कहाँ चल्ने हो र, सशस्त्र प्रहरी उपरीक्षक प्रेमध्वज साह, बोर्डर आउट पोस्ट श्रीसियाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक जिवनमल्ल ठकुरीलाई समेत नजराना स्वरूप रकम बुझाए पश्चात् तस्करी कार्य सुचारू हुन्छ । सीमामा खटेका नेपाल प्रहरीलाई समेत नजराना बुझाउने गरिन्छ, तस्करले बताए ।
आफ्नो संगठनका कर्मचारी इमन्दारिता पूर्वक सीमामा कार्य गरिरहेको जहिले नि ठोकुवा गर्ने आइजिपी शैलेन्द्र खनालकै पिठ पछाडी वहाकै इमन्दार प्रहरी अधिकारीहरू यसरी कार्य गरिरहदा लाजस्पद रहेको बुझिन्छ । सशस्त्र प्रहरी बलका प्रमुख आइजिपी खनाल एउटा असल र इमन्दार छबीको रहेको बारे दुइमत नरहेपनी उहाकै पिठ पछाडी रकमी चलखेल भइरहेको हुदा आइजिपी खनालको यसतर्फ ध्यान जान अति आवश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.