Ultimate magazine theme for WordPress.

समाचार संकलनमा गएका पत्रकार माथी बारामा कुटपिट

301

बारा, १२ भदौ / बाराको आदर्श कोतवाल गाउपालिकामा समाचार संकलन गर्न पुगेका पत्रकार नूर आलम बादशाह माथी जनप्रतिनिधिकै इशारामा हातपात भएको खबर प्राप्त भएको छ । प्राप्त खबर अनुसार एम्बुलेन्स समबन्धी समाचार संकलन गर्न पुगेका पत्रकार नूर आलम बादशाह माथी स्थानीय जनप्रतिनिधिकै इशारामा हातपात गरिएको हो ।
आज बिरगंजमा आयोजित नेता उपेन्द्र यादवको कार्यक्रममा गाउपालिकाको एम्बुलेन्स प्रयोग भएकोले सो बिषयमा समाचार संकलन गर्न पुगेका पत्रकार माथी गाउपालिकाका अध्यक्ष मुस्तुफा अन्सारीको इशारामा चालक हातपात गरेको बताइन्छ । रेडियो बादलका प्रबन्ध निर्देशक समेत रहनु भएका नूर आलम बादशाह समाचार संकलन गर्न पुग्दा एम्बुलेन्सका चालक एक्कासि हातपात गर्न सुरू गरेको प्रत्यक्षदर्शीले बताएका छन ।
चालकको कुटाइबाट घाइते भएका पत्रकार हालको समयमा कलैया अस्पतालमा उपचार गराइ रहेका छन भने यस घटनाको बिषयमा पत्रकार नूर आलम बादशाहले स्थानीयलाई अवाश्यक परेको बेला एम्बुलेन्स कार्यक्रममा लगिएको र सोही बिषयमा समाचार संकलन गर्न पुग्दा चालकले एक्कासि हातपात गर्न सुरू गरेको बताए । उहाले समाचार संकलनमा जादापनी बारा जिल्लामा यस्तो क्रियाकलापको सिकार हुने गरेको बताए । यस घटनामा जनप्रतिनिधिहरूकै इशारामा यस्तो हदसम्म पीडा खेप्नु पर्ने दुर्भाग्यको बिषय रहेको जिकिर गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.