Ultimate magazine theme for WordPress.

समाचारको प्रभाव: प्रहरी नायब निरीक्षक साह बहुलाए पश्चात् आफैले रचेको चक्रभ्यूमा फसे, कारवाही कसले गर्ने ?

291

उमेश दुबे
बारा, १४ चैत / विश्व भरी फैलिएको कोरोना भाइरसको मौका छोपी नेपाल प्रहरीकै सेटिङ्गमा छोकडाको तस्करीको हुन थालेको बिषयमा समाचार सम्प्रेषण हुदा आफ्नो नाम मुछिएकै कारण प्रहरी नायब निरीक्षक प्रमोद साहले समाचार बारे आफै पुष्टि गरेका छन । बाराको छतवा नाका हुँदै मासिक ५० हजारको महिनवारी बुझे पश्चात् प्रहरी नायब निरीक्षक साहले लाइन चलाएको समाचार सम्प्रेषण हुनसाथ बहुलाएका साह आफ्नो कार्यको बिषयमा आफै प्रष्ट पारेका हुन ।
सीमा प्रहरी चौकी छतवाका प्रमुख प्रहरी नायब निरीक्षक प्रमोद साहले आफ्नो नाकाबाट छोकडाको तस्करी चलाउन मोटो रकमको नजराना बुझेको अडियो रेकर्डबाट प्रमानित हुन्छ । आफ्नो क्षेत्रबाट कहि कतैबाट तस्करी चल्न नदिन र नचलाएको दाबी गर्ने प्रहरी नायब निरीक्षक प्रमोद साहले केही पैसा पाउनसाथ लाइन समेत हेर्ने गरेको श्रोतको दाबी रहेको छ । उहाकै प्रहरी श्रोतका भनाइ अनुसार प्रहरी नायब निरीक्षक साह सीमा प्रहरी चौकी छतवामा आए दिनदेखी नै आफ्नो हाकिमलाइ खुस पार्नको निम्ति मोटो जोहो अपनाएकै कारण छतवाको कमान्डरको रूपमा बस्न सफल भएको बताए ।
एक जना अर्का प्रहरी श्रोतका अनुसार हिजो राती समाचार आउनसाथ जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाद पङ्गेनीले दिएको ठाडो निर्देशनले आफैले तस्करी गराउन गएका छोकडालाइ नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय बारामा बुझाएको बताए । प्रहरी उपरीक्षक पङ्गेनीको ठाडो निर्देशन आउनसाथ सरूवा हुने डरले आफैले सकटीङ्ग गरिरहेको छोकडालाई पक्राउ गरिएको श्रोतको दाबी रहेको छ ।
यसै अनलाइन मार्फत प्रहरी नायब निरीक्षक प्रमोद साहको भन्डाफोर हुनसाथ करीब १ बजेको समयमा छोकडा नियन्त्रणमा लिएको बताइन्छ ।
प्रहरीले समायो ६२ बोरा छोकडा
देश यस्तो परिस्थितिमा छ, प्रहरीले तस्करीको मालसमान यस्तो तरिकाले स्कटीङ्ग गर्नेतर्फ अग्रसर भएको हेरिन्छ, स्थानियले भने । नेपाल र भारत सीमा नाका सुरक्षाको प्रमुख जिम्मेवारी सशस्त्र प्रहरी बलको छ तर यहाँ नेपाल प्रहरीले स्कटीङ्ग गर्ने बेला दस गज्जामै गइ बाटो क्लियर गर्ने गरेको र त्यस पश्चात् मालसामान चल्ने गरेको, स्थानियले बताए । यस बिषयमा समाचार सम्प्रेषण हुनसाथ बहुलाएका प्रहरी नायब निरीक्षक प्रमोद साहले स्कटीङ्ग गर्ने ठाउबाटै पक्राउ गरिएको स्थानियको भनाइ रहेको छ । ५० किलोग्रामको ६२ बोरा छोकडा प्रहरीले पक्राउ गरि आफ्नो नाम बचाउने दाउमा लागेको स्थानियको आरोप रहेको छ ।

Leave A Reply

Your email address will not be published.