Ultimate magazine theme for WordPress.

सभामुखको सालोले गरे वडा अध्यक्ष यादव माथी हातपात, प्रहरी प्रशासन पावरको चेपुवामा

572

उमेश दुबे
बारा, १७ बैशाख / बाराको फेटा गाउपालिका वडा नम्बर ४ फुलवरियामा बिकासको कार्य गरिरहदा वडा अध्यक्ष माथी हातपात भएपनी प्रहरी प्रशासन मौन रहेका छन । फेटा गाउपालिका अन्तर्गत बिकासको कार्यलाइ तिब्रता दिइएपनि केही स्थानीयले पावरको दुरूपयोग गर्दै स्थानीय जनप्रतिनिधि माथी आक्रमण गर्न लागेका हुन ।
फेटा गाउपालिका वडा नम्बर ४ फुलवरियाका वडा अध्यक्ष वकिल यादवले बिकासे सडकको निर्माण गरिरहदा स्थानीय धन्न्जय यादवको समुहले हातपात गरेको स्थानीयले जानकारी दिएका छन । स्थानीयले जानकारी दिए अनुसार आफ्नो घर अगाडी आफू नहुने बेलामा सडकको कार्य गरेको भन्दै वडा अध्यक्ष वकिल यादव माथी हातपात गरेको बताएका छन ।
फेटा गाउपालिका वडा नम्बर ४ का वडा अध्यक्ष वकिल यादवले आफू माथी एक्कसी आक्रमण गरेको बताउनु भयो । उहाले आफू घरमा नभएको बेला घर अगाडी बिकासको कार्य गरेको भन्दै स्थानीय धनन्जय यादवले हातपात गरेको बताए । यस अनलाइन सङ्ग कुरा गर्दै वडा अध्यक्ष वकिल यादवले घटना बारे प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पन्डित र जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाद पङ्गेनीलाई समेत जानकारी गराएपनी वास्ता नगरेको बताउनु भयो । उहाले आफू माथी हातपात गर्ने सभामुख सरोज यादवको सालो रहेको कारण प्रहरी नियन्त्रणमा लिन नसकेको समेत आरोप लगाउनु भयो ।
यस बिषयमा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाद पङ्गेनी सङ्ग बुझ्दा बिबाद बारे जानकारी आएको तर हातपात नै भएको छ भने हेरेर कारवाही होला भन्दै पन्छिन खोज्नु भयो । उहाले यस बिषयमा आफू बिरूध समाचार आएपनी फरक नपर्ने बताउनु भयो ।
पावरको बलमा बारा जिल्लामा जे पनि गर्न सकिने यहि घटनाबाट प्रष्ट हुन्छ । प्रहरी पौकेटमा राख्छु भन्दै हिडने गुन्डा शैली हालको समयमा बारा जिल्लामा चरितार्थको रूपमा उजागर भएको छ । सभामुखको सालो हुदैमा स्थानीय जनप्रतिनिधि माथी हातपात गर्नु के कतिको जायज हो ? सम्बन्धित निकायको यसतर्फ ध्यान जान अति अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.