Ultimate magazine theme for WordPress.

सदस्यता खोलेकोमा महासंघलाई धन्यवाद, सबै क्रियाशीलले सदस्यता पाउन : गुप्ता

223

वीरगंज, माघ १५
नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जारालाई आज सम्पुर्ण पर्सेली क्रियाशील पत्रकारहरुको तर्फबाट पत्रकार बिमला गुप्ताले सदस्यता उपलब्ध गराउन ३ दिने अल्टिमेटम सहितको ज्ञापन पत्र बुझाउनु भएको छ । उक्त ज्ञापन पत्रमा महासंघले गत ७ गते नयाँ सदस्यता वितरणको लागि आवेदन खुला गरेकोमा धन्यवाद दिंदै हाल सदस्यता वितरण गर्नबाट रोक्नको लागि विविध खालको बहानाबाजी बनाउँदै षडयन्त्र भईरहेको हुनाले महासंघलाई त्यसमा नअल्झन समेत आग्रह गरिएको छ ।
*
ज्ञापन पत्रमा विधान बमोजिम मापदण्ड पुरा गरेका वास्तविक सबै कृयाशील पत्रकारलाई सदस्य बन्नबाट बञ्चित नगर्न समेत माग गरिएको छ । ज्ञापनपत्रमा तीन दिन भित्र सदस्यता उपलब्ध गराउने व्यवस्था नगरिएमा कडा भन्दा कडा आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ । सो अवसरमा ज्ञापनपत्र बुझदै महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले आफुहरुले विधानले गरेको व्यवस्था अनुसार सदस्यता दिनको लागि प्रकृया अगाडी बढाई सकेको र सो कार्यको लागि छानबिन समिति समेत निर्माण गरेको, समितिलाई सहजीकरण गरि दिन प्राप्त भएका सदस्यता आवेदन फारम हस्तान्तरण गरिसकेकोले समितिले निष्पक्ष छानबिन गरि योग्य, कृयाशील र पत्रकारितालाई नै मुख्य पेशा बनाएकालाई सदस्यताका लागि सिफारिस गर्ने कुरामा  कुनै पनि आशंका नगर्न विश्वास दिलाउनुभयो ।

Leave A Reply

Your email address will not be published.