Ultimate magazine theme for WordPress.

संशोधन प्रस्ताव परिमार्जन गर्न सकिन्छ : मन्त्री पाण्डे

71

बैतडी/पौष २ : सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले देशलाई निकास दिन संविधान संशोधन प्रस्ताव परिमार्जन हुनसक्ने बताएको छ ।

प्रेस सेन्टर नेपाल जिल्ला साखा बैतडीले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले संसद्मा दर्ता भएको संशोधन प्रस्ताव फिर्ता नभइकन सबैको सहमतिमा निकास निस्कन्छ भने परिमार्जन हुनसक्ने बताए ।

संविधान जारी गर्ने बेलामा सबैलाई समेट्न नसकेकाले देशले समस्या भोग्नुपरेकाले निर्वाचनको बेलामा पनि कसैलाई पछि नपारिकन अघि बढ्ने सरकारको नीति रहेको उनले बताए ।

“जनताको आन्दोलनपछि सरकार लचक भएकाले सबै दल मिलेर संविधान संशोधन परिमार्जन गरौँ र देशलाई निर्वाचन केन्द्रित बनाउ” उनले भने । सुदूरपश्चिमकै पहिलो गाविसका रुपमा बैतडीको सिद्धेश्वर गाविसलाई बालमैत्री घोषणा गर्न मन्त्री पाण्डे शुक्रबार बैतडी पुगेको थियो ।

 

Leave A Reply

Your email address will not be published.