Ultimate magazine theme for WordPress.

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा पर्साद्वारा बिरगंजमा बिहानै देखि प्रदर्शन

68

बिरगंज सिटी,फाल्गुन ११: संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले घोषणा गरेको आजको बन्दि सफल पारन मोर्चाका नेता कार्यकर्ताहरुले बिहानै देखि बिरगंजका विभिन्न चोक चौराहामा टायर बाली प्रदर्शन गरेका छन् |Image may contain: 5 people, people standing, fire and outdoor

फाल्गुन ९ गते राति सरकारले निर्वाचन मिति घोषणा गरे लगतै मधेशी मोर्चाले आन्दोलनको घोषणा गरेको छ | आज सोहि क्रममा मोर्चाले मधेश भरि प्रदर्शन गरेको छ | निर्वाचनको बिरुद्ध उत्रेका मोर्चाका नेता कार्यकर्ताले विभिन्न ठाउँमा प्रदर्शन गरेका छन् |

प्रदर्शन गर्ने क्रममा बिरगंजको घन्टाघर ,मुरली ,पावरहाउस ,छपकैया ,घरिअर्वा,आदर्शनगर लगायत ठाउँमा प्रदर्शन गरेका छन् |Image may contain: 6 people, people standing and outdoor

उता संयुक्त मधेशी बिधार्थी संगठनले बिरगंज स्थित ठाकुर राम बहुमुखी क्याम्पस अगारी टायर बालि प्रदर्शनमा उत्रेका छन् |हतियार को बल मा स्व.वि.यु . निर्वाचन गर्न पईदैना  बिधार्थी राजनीतिमा प्रशासन चाहिदैन ,मधेशी बिधार्थी एकता जिन्दाबाद , मधेश को मांग सम्बोधन अनि कुनै निर्वाचन जस्ता नारा लगाउदै ठाकुर राम को मुख्य गेट अग्रि प्रदर्सन गरेका छन् |Image may contain: 2 people, people standing and outdoor

Leave A Reply

Your email address will not be published.