Ultimate magazine theme for WordPress.

श्रोत नखुलेको रकम सहित दुई भारतीय नागरिक पक्राउ

191

उमेश दुबे
बारा, ०२ चैत्र । बाराको परवानिपुर गाँउपालिका ३ बाट शनिबार सशस्त्र प्रहरी बलको टोलीले स्रोत नखुलेको १२ लाख ३६ हजार ५ सय नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । बिशेश सुचनाको अधारमा सशस्त्र प्रहरी बल १२ नम्बर गणबाट खटिएको सशस्त्र प्रहरीको टोलिले नियन्त्रणमा लिन सफल भएको हो ।
पक्राउ पर्नेहरुमा भारत घर बताउने ४० बर्षिय ईनामोल र २५ बर्षिय ईसा आलम छन् । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस जितपुरबाट खटिएको सशस्त्र प्रहरी निरिक्षक दिलेन्द्र खत्रिको कमान्डमा रहेको एपीएफ टोलीले निजहरुलाई उक्त रुपैयाँसहित पक्राउ गरेको हो ।
बी आर ०५ जेड १४४३ नम्बरको भारतीय मोटरसाइकलमा सवार उनीहरुलाई एपीएफ टोलीले जाँच गर्दा सो रुपैयाँ फेला पारेको र सोधपुछ गर्दा स्रोत खुलाउन नसकेपछि उल्लेखित रुपैयाँसहित उनीहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरी उपरीक्षक दिग बिजय सुवेदीले बताउनु भयो । उल्लेखित ब्यक्तिहरु, रु. ६०,००० मुल्य कायम भएको सवारी साधन र रकम आईतवार बिरगंज भन्सार कार्यालयमा बुझाईएको बाराका सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी उपरिक्षक दिग बिजय सुबेदीले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.