Ultimate magazine theme for WordPress.

श्रीसिया नाका हुँदै दिनहु ९ देखि १२ टन छोहडा भारत निर्यात हुदै, सशस्त्र प्रहरी बल मुखदर्शक बन्यो

399

उमेश दुबे
पर्सा, १९ पौष / नेपाल र भारतको सीमामा पर्ने पर्साको श्रीसिया नाका हुँदै ९ टन देखि १२ टन छोहडा भारतमा निकासी भइरहेपनी प्रहरी निकाय मुखदर्शक बनेको छ । मोटो रकमको नजराना बुझे पश्चात् प्रहरी निकायका पदाधिकारीहरू छोहडाको तस्करीको बिषयमा मुखदर्शक बनेका हुन ।

बोर्डर आउट पोस्ट श्रीसियाको मूल गेटबाटै छोहडा तस्करी भइरहेपनी सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेल, सशस्त्र प्रहरी नायब उपरीक्षक अमर खत्री लगायत सशस्त्र प्रहरी बल, १३ नम्बर गणका प्रमुख दिपेन्द्र कुवर समेत मौन बसेका छन । सीमा सुरक्षाको जिम्मेवारी पाएका सशस्त्र प्रहरी बलले तस्कर संगठन सङ्ग मोटो रकमको नजराना बुझे पश्चात् तस्करीको लाइन सुचारू भएको एक भिडियोबाट प्रमाणित भएपनी माथिल्लो निकायको ध्यान नजानु बिडम्बनाको बिषय बनेको छ ।
?
सशस्त्र प्रहरी बल, प्रदेश नम्बर २ का प्रमुख डिआइजी राजु अर्यालले आफ्नो मातहातमा रहेका जिल्लाहरूको कमान्डरलाइ निगरानी बढाउन कडा निर्देशन दिएको बताएपनी सशस्त्र प्रहरी बलकै केही युनिटबाट ठूलो मात्रामा तस्करीको लाइन सुचारू भएको बुझिन्छ । बोर्डर आउट पोस्ट श्रीसियाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेलले मासिक ५ लाख रूपैया नजराना बुझे पश्चात् छोहडाको तस्करी गराइरहेको बुझिन्छ । नेपाल र भारत सीमा सुरक्षाको जिम्मेवारी पाएका सशस्त्र प्रहरी बलले आफ्नो वर्दीको आडमा सीमालाइ नै कमाइ खाने भाडो बनाए पश्चात् सशस्त्र प्रहरी बल संगठन माथी नै प्रश्न चिन्ह खडा भएको हो ।
?
शनिवार राती करीब ८ बजेको समयमा तस्कर संगठनहरूले लाइन क्लियर गरि तस्करी गरिरहेको बेला स्थानिय केही ब्यक्तिले तस्करी कार्य रोक्नु पर्ने मन्सायले रोक्न खोज्दा बिबाद समेत भएको थियो । तर नजिकै रहेको बोर्डर आउट पोस्ट श्रीसियाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेल र बिरगंज भन्सार कार्यालयका राजस्व गस्ती टोलिका प्रमुख डिएसपी अमर खत्रीलाई खबर गरेपनी घटना स्थलमा नआउदा तस्कर संगठन र स्थानिय बिच विवाद समेत भएको स्थानियले जानकारी दिए ।
सशस्त्र प्रहरी बल संगठनलाइ एउटा इमन्दार र असल कार्य गरिरहेको संगठन मध्ये बुझिएपनी केही वर्दीको आडमा दलाली गर्ने दलाल प्रविर्तीका प्रहरीहरूको कारण तस्करी रूक्न नसकेको बताइन्छ । बोर्डर आउट पोस्ट श्रीसियाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेल आए दिनदेखी सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुवर र आफ्नो भागको रूपमा छोहडा तस्कर सङ्ग मासिक ५ लाख रूपैया बुझेको तस्कर श्रोतले नै बताएको छ ।
आफ्नो वर्दी र पावरको दुरूपयोग गर्दै तस्करीको लाइन सङ्ग रकम बुझ्ने सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुवर, सशस्त्र प्रहरी नायब उपरीक्षक अमर खत्री र सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेल माथी सशस्त्र प्रहरी बल प्रदेश नम्बर २ का प्रमुख डिआइजी राजु अर्याल र सशस्त्र प्रहरी बल संगठनकै प्रमुख आइजिपी शैलेन्द्र खन्नालको ध्यान जान अति अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.