Ultimate magazine theme for WordPress.

श्रीपुर प्रहरी कार्यालय राहतको लागि दाउरा बाले

155

दिपक चौरसिया
वीरगन्ज ११ पौष / तराइ मधेसमा बिगत केही दिन देखि परेको चिसो र शितलहरले स्थानीय प्रभावित हुन थालेपछी पर्सा प्रहरीले जाडो छ्ल्न राहत पुर्याएको छ ।
पर्सा प्रहरी मातहात रहेको वडा प्रहरी कार्यालय श्रीपुरले आफ्नो क्षेत्राअधिकार भित्रको विभिन्न चौक चौराहामा दाउरा बालेर बढदो चिसो र शितलहरबाट राहत पुर्याउने काम गरेको हो ।
वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिपक साहको नेतृत्वमा रहेको प्रहरी टोलीले राधेमाइ, श्रीपुर र पावरहाउस चौक लगायतको ठाउँ दाउरा बालेर सर्व सधारण लाई चिसो छ्ल्न राहत पुर्याएका हुन ।
विभिन्न दातृ निकायको सहयोगमा दाउरा बालेको प्रहरी निरीक्षक साहले बताए । उनले भन्ने प्रहरी शान्ति सुरक्षा कायम सहित समाजमा देखिएको बिकृती अन्त्य गर्न २४ औ घन्टा लागि पर्ने छौ यसको लागि कुनै कसर बाकी राख्दैनौ ।

Leave A Reply

Your email address will not be published.