Ultimate magazine theme for WordPress.

वीरगंज महानगर नमुना बन्ने मेयर सरावगीको प्रतिवद्धता

133

उमेश दुबे
वीरगंज, १६ कार्तिक ÷ वीरगंज महानगरपालिका अन्र्तगत ठूला ठूला योजनाहरु अघि सारिएको मेयर बिजय सरावगीले बताउनु भएको छ । मेयर सरावगीले ठूला योजनाहरु अगाडी बढाईएको बताउनु भएको हो ।
वीरगंज महानगरपालिकाबाट हुने बिकाशको कार्य एक बर्षसम्म तिब्रता नलिएपनि आगामी आउने दिनमा ठूला योजनाहरुको कार्य तिब्र रुपमा अगाडी बढ्ने मेयर सरावगीले बताउनु भयो । उहा“ले जनताहरुको लागि सबभन्दा जरुरी र आवश्यक रहेको शिक्षा, स्वास्थ्यमा ध्यान दिएको बताउनु भयो । उहा“ले जनप्रतिनिधिको चयन धेरै दिनभएपछि योजना गर्दा गर्दै एक बर्ष बितेपनि सबै स्कूलहरुमा अंग्रेजी माध्यमबाट पढाई शुरु गराइएको र पार्कको निर्माण गरिएको बताउनु भयो । बिकाश योजनाहरुको कार्य गति लिएको र आउने दुई महिना भित्र नया“ बसपार्कको योजना सम्पन्न हुने मेयर सरावगीले बताए । उनले आउने एक हप्ता भित्र वीरगंजका सडकहरुको कार्य तिब्र रुपमा अगाडी बढने बताउनु भयो ।
वीरगंज महानगरपालिकाका उप—सचिव शिव प्रसाद लम्साल महानगरपालिले बार्षिक निति नियम अन्र्तगत क्रियाकलापहरुलाई अगाडी बढाइरहेको बताउनु भयो । उहाले यस बेला प्रथम चौमासिकको समय रहेको र संक्रमणकालीन अवस्था भएकोले कर्मचारीहरु व्यवस्थापनतर्फ समय दिएको बताउनु भयो । उप—सचिव लम्सालले ठूलो बजेटका कार्यक्रमहरु प््राारम्भीक रुपमा कार्य शुरु भएको बताउनु भयो ।
यता वीरगंज महानगरपालिकाका मेयर बिजय सरावगीले निति नियम अनुसार सबै कर्मचारीहरुलाई निर्देशन दिए बमोजिम आ—आफ्नो कार्यमा जुटेका छन् । जनताको चाहना अनुसार सबै कर्मचारीहरु समयमा कार्यालय पुगि आफ्नो कार्य इमन्दारीता पूवर्क गरे बिकाशको कार्य अगाडी बढ्ने बताइएको छ । आउने एक हप्तामा ठूला योजनाहरुको कार्य शुरु गर्ने र तिब्रताका साथ कार्यलाई अगाडी बढाउने वीरगंज महानगरपालिकाका मेयर बिजय सरावगीले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.