Ultimate magazine theme for WordPress.

वीरगंज भन्सार क्षेत्रमा सशस्त्र प्रहरी घुमुवाहरुको चन्दा आतंक, सशस्त्र प्रहरी प्रमुख मौन

698

उमेश दुबे
पर्सा, ५ कार्तिक ÷ नेपालकै आर्थिक राजधानीको रुपमा मानिएको वीरगंज भन्सार क्षेत्रमा घुमुवा चर्तिकलाको आतंक बढेको पाइएको छ । वीरगंज भन्सार क्षेत्र लगायत सीमा नाकामा सशस्त्र प्रहरी बल नेपाल नं. १४ हे.क्वा.(राजस्व तथा भन्सार गस्ति सुरक्षा)को नाममा घुमुवाहरुको चान्दा आतंक बढेको पाइएको हो ।
नेपाल र भारतको सीमा नाका हु“दै हुने अवैध कारोवारहरुबाट रकम असुलीको निम्ति सशस्त्र प्रहरी बल नेपाल नं. १४ हे.क्वा.(राजस्व तथा भन्सार गस्ति सुरक्षा)ले घुमुवाको नाममा तिन जना प्रहरीलाई परिचालन गरिएको छ । सशस्त्र प्रहरी हवलदार रामलिला चौधरी, सशस्त्र प्रहरी हवलदार सुरेश महतो र सशस्त्र प्रहरी जवान सरोज यादवलाई सशस्त्र प्रहरी बल नेपाल नं. १४ हे.क्वा.(राजस्व तथा भन्सार गस्ति सुरक्षा)का प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक अमर खत्रीले सादा पोशाकमा खटाएका हुन ।
सशस्त्र प्रहरी संगठनको नीति निर्देशन र सशस्त्र प्रहरी संगठन प्रमुख आईजीपि शैलेन्द्र खनालको आदेशलाई धज्जि उडाउदै घुमुवा परिचालन गरिएको पाइएको छ । सशस्त्र प्रहरी संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले आफ्नो संगठनमा कुनै किसिमको घुमुवा परिचालन नगर्न निर्देशन दिएपनि तराईको बिभिन्न जिल्लाहरुमा नियम विपरीत आर्थिक कलेक्सनको निम्ति घुमुवा परिचालन गर्ने गरेको पाइएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नं. १४ हे.क्वा.(राजस्व तथा भन्सार गस्ति सुरक्षा)का प्रमुख डिएसपी अमर खत्रीले नियम कानुनको धज्जि उडाउदै घुमुवा परिचालन गर्नसाथ वीरगंज भन्सार क्षेत्र तस्करहरुको अड्डामा परिणत हुदै गएको छ । नेपाल र भारतको सीमा नाका हुदै करोडौ बराबरको अवैध कारोवार सुचारु हुनुमा समेत स—भन्दा बढी घुमुवाहरुकै योगदान रहेको बुझिन्छ । वीरगंज भन्सार क्षेत्रबाट केराउ, मरिच, कपडा, हार्डवेयर, भाडाकुडा लगायतको कार्य सूचारु भएको छ भने तस्करी गर्ने गराउनको निम्ति घुमुवाहरुको माध्यमले डिएसपी खत्रीलाई लाखौ रुपैयाको भेट चढाइएको तस्करले नै बताएका छन् ।
सशस्त्र प्रहरी संगठनलाई नै बदनाम गर्ने गरी वीरगंज भन्सार क्षेत्रबाट खोलिएको तस्करीको लाइन वापत कार्यालय प्रमुख लगायत जिल्ला प्रमुखलाई समेत भागबन्डा लाग्ने गरेको बताइन्छ । तस्करी कार्य एउटा संगठनले चाहेर पनि चलाउन नसक्ने भएकोले नेपाल प्रहरीका केही पदाधिकारीहरु लगायत सीमामा रहेको प्रहरी चौकीलाई समेत नजराना बुझाइएको तस्करले नै बताएका छन् । सशस्त्र प्रहरी संगठनलाई नै बदनाम गर्ने गरी केही भ्रष्ट कर्मचारीहरुको सहयोगमा खोलिएको तस्करीको लाइन माथि माथिल्लो निकायको ध्यान जान अति अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.