Ultimate magazine theme for WordPress.

वीरगंज भन्सार कार्यालय निर्णयको बिरोध गर्दै मधेसी युवा

207
रितेश पटेल
वीरगंज ४ पौष ÷ नेपाल र भारतको मुख्य नाकाको रुपमा मानिने वीरगंज भन्सार कार्यालयको निर्णय बिरुद्ध वीरगंजका युवाहरुले बिरोध गरेका छन । वीरगंज भन्सार कार्यालयले पौष ३ गते जारी गरेको सूचनाको बिरोधमा वीरगंजका युवाहरु उत्रेका हुन ।
वीरगंज भन्सार कार्यालय पर्साले जारी गरेको सूचनामा पौष ४ गतेदेखि भन्सार कार्यालयबाट आवतजावत गर्ने बृद्धबृद्धा, अशक्त्त र अपांङ बाहेकका यात्रुहरुले आफ्नो सवारी साधनबाट उत्रि तोकिएको पैदलबाटो प्रयोग गर्ने निर्णयको बिरोधमा वीरगंजका युवा उत्रिएका हुन । नेपालको मुख्य नाकाको रुपमा मानिने वीरगंज भन्सार कार्यालयले यस्तो गैर जिम्मेवारीपूर्ण तरिकाले गरेको निर्णय प्रति अशन्तुष्ट रहेका मधेसी युवाहरुले वीरगंज भन्सार कार्यालय अगाडी प्रदर्शन गरेका हुन ।
पौष ३ गते वीरगंज भन्सार कार्यालयको चलानी नं. ३७३ बमोजिम गरेको निर्णय प्रति वीरगंजवासीहरुले आपति जनाएका हुन । नेपाल र भारत देशको बिच रोटी बेटीको सम्बन्ध भएपनि नेपाल सरकारले गरेको यस्तो निर्णय दुखदायी रहेको युवाहरु बताउछन् । वीरगंज भन्सार कार्यालय पर्साले गरेको यो निर्णय नसच्याए कडा आन्दोलन गर्ने बताए । समाचार लेखुन्जेल वीरगंज भन्सार कार्यालय अगाडी प्रदर्शण जारी रहेको छ । वीरगंजवासीहरुको बिरोध गर्नसाथ वीरगंज भन्सार कार्यालय अगाडी ब्यापक रुपमा प्रहरी परिचालन गरिएको छ ।

Leave A Reply

Your email address will not be published.