Ultimate magazine theme for WordPress.

वीरगंजलाई महानगरपालिका बनाउन कांग्रेस क्षेत्रिय समिति माग

96

विरगंज, फागुन १९ : वीरगंज उपमहानगरपालिकालाई अविलम्व महानगरपालिका घोषणा गर्न नेपाली कांग्रेस क्षेत्रिय कार्यसमिति क्षेत्र नम्बर १ पर्साले  माग गरेको छ ।

नेपाली कांग्रेस क्षेत्र नम्बर १ पर्साका क्षेत्रिय सभापति विजय सर्राफको नेतृत्वमा गएको टोलीले आज पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेलाई बुझाएको ज्ञापनमा २ नम्बर प्रदेशको ठूलो र भौतिक पुर्वाधारबाट सम्पन्न वीरगंजलाई महानगरपालिका बनाउन सकिने अवस्था रहँदा रहदै पनि यसलाई उपमहानगरपालिकामा नै सिमित गर्नु दुर्भाग्यपूर्ण विषय भएको कुरा उल्लेख गरिएको छ ।

ज्ञापन पत्रमा हाल ३० वटा वडामा विस्तारीत वीरगंज नगर क्षेत्र आर्थिक, शैक्षिक तथा राजनैतिक नगरीको रुपमा स्थापित भएको र वीरगंज सामाजिक, सांस्कृतिक र सदभावको नगर पनि भएको हुँदा यसलाई महानगरपालिका बनाउन सरकारसँग माग गरिएको छ ।

Leave A Reply

Your email address will not be published.