Ultimate magazine theme for WordPress.

वीरगंजमा खेलकुदको स्तर बढाउन माग

45

वीरगंज पुस २८  : वीरगंज युवा समाजले वीरगंजमा खेलकुदको स्तर बढाउनुपर्ने मागसहित जिल्ला प्रशासन कार्यालय, पर्सामा ज्ञापन बुझाएको छ ।
दुईवटा रङ्गशाला भएको वीरगंज कुनै बेला खेलकुदको हब बने पनि हालका दिनमा एक दशकदेखि राष्ट्रिय, क्ष्Fेत्रीयस्तरको खेल हुन छाडेकोले रङ्गशालाको मरम्मत, सम्भार, स्तरोन्नतिका लागि ध्यान दिन आग्रह समाजले गरेको छ ।
वीरगंजमा नारायणी रङ्गशाला, आदर्शनगर रङ्गशाला, नारायणी क्रिकेट मैदान गरी हाल तीनवटा खेल मैदान रहे पनि नारायणी क्रिकेट मैदानबाहेक दुईवटै रङ्गशालामा खेल हुन छाडेकोमा वीरगंज युवा समाजले चिन्ता व्यक्त गरेको छ । समाजले ८ बुँदे मागसहित जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापन दिएको छ । आप्mना माग यथाशीघ्र पूरा गराउनेतर्पm पहल गरिदिन समाजका अध्यक्ष कमल चौलागाईले आग्रह गरेका छन् ।

Leave A Reply

Your email address will not be published.