Ultimate magazine theme for WordPress.

वीरगंजको नाकाबाट रुकेन तस्करी, प्रहरी प्रमुख मौन, प्रहरी नायब निरीक्षक सिंह भए मालामाल

622

उमेश दुबे
पर्सा, ५ श्रावण ÷ नेपालकै आर्थिक नगरीको रुपमा मानिने वीरगंज भन्सारबाट दिनहु तस्कर लगायत तस्करीको कार्यमा बृद्धि भएपनि प्रहरी प्रमुख मौन रहेका छन् । नेपाल र भारतको सीमा नजिकै रहेको प्रहरी चौकी इनर्वा क्षेत्रबाट दिनहु करोडौको तस्करी सूचारु भएपनि जिल्लाका प्रहरी प्रमुख मौन रहनु बिडम्बनाको बिषय बनेको हो ।
नेपाल र भारतको सीमामा खटिने नेपाल प्रहरी र सशस्त्र प्रहरीका युनिटहरुलाई कडा निगरानी दिएको प्रहरी प्रमुख सर्वेन्द्र खनाल र शैलेन्द्र खनालले बताएपनि जिल्लाकै प्रमुखको निर्देशनमा तस्करी कार्य सूचारु गरिएको पाइएको छ । वीरगंजको मुख्य नाकाको रुपमा चिनिने वीरगंज भन्सार हुदै दैनिक एक टन मरिच भन्दा बढी भारत जाने गरेको छ भने करिब ३० देखी ४० लाख बराबरको कपडा अवैध तरिकाले नेपाल भित्रिने गरेको श्रोतको दावी रहेको छ । जिल्लाबाट रकम उठाउनको निम्ति २ जना प्रहरी समेत परिचालन गरिएको श्रोतको दावी रहेको छ ।
वीरगंजको इनर्वाबाट मुन्ना र संजय भनिने तस्करले कपडाको तस्करी कार्य सुचारु गरेका छन् भने मुल भन्सार हुदै मनोज, माधुरी, लालबाबु, दिनेश भनिने तस्करहरु मरिच र हार्डवेयरको तस्करी सुचारु गरेका छन् । यति मात्र कहा हो र वीरगंजको भकुवा र श्रीसियाबाट गम्हीरा, बेचु भनिने मरिचको तस्करीलाई तिब्रता दिएका छन् भने बक्सर भनिने कपडाको तस्करीको कार्य सुचारु गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साको मातहातमा रहेका प्रहरी चौकी इनर्वा प्रमुख प्रहरी नायब निरीक्षक सुमन सिंहले खुल्याम तरिकाले रकम बुझदै तस्करीको लाइ्रन चलाएको बारे प्रहरी उपरीक्षक राथोडलाई जानकारी हुदा हुदैपनि मौन बस्नु ठूलै रकमको चलखेल रहेको बुझिन्छ । शान्ति सुरक्षाको साथ साथै सीमा नाकाबाट हुने अवैध धन्दालाई समेत निगरानी गर्ने जिम्मेवारी पाएका प्रहरीहरु वर्दीको आडमा कमाई खाने भाडो बनाए पश्चात चकित लागेर आउछ, भन्दै छपकैया निवासी एक जनाले भने ।
उहाले आफ्नो नाम नछाप्ने सर्तमा आफ्नै देशको मित्र राष्ट्र र हाम्रो छिमेकी शहर रक्सौलबाट आफ्नो घरायसी समान लिएर आउदा नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोस्ने तर तस्कर संगठनले खुल्याम तरिकाले मूल भन्सार अगाडीबाट लिएर आउन जाने गरेपनि उनिहरुलाई छुट रहेको भन्दै दुखेसो पोखे । आफ्नो घरायसी समान लिएर आउदा प्रहरी छिन्छन तर तस्करको मालको बेला सीमामा खटेका प्रहरीहरु देखी जिल्लामा आएका एसपी समेत कानमा तेल हालेर बस्छन, उनि बताए ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सोभेन्द्र सिंह राथोडको नाउमा प्रहरी चौकी इनर्वाबाट मोटो रकम बुझनसाथ मौन रहेको उच्च अधिकारी श्रोतले जनाएका छन् । प्रहरी उपरीक्षक राथोड वीरगंज आउनु अघि एसपी मनोज यादवको नाम सिफारीस भएपनि रातारात पैसाको बलमा वीरगंज आउन सफल भएको बताए । आफ्नो संगठन भएपनि आफ्नै संगठन भित्र भ्रष्टाचारीहरुको कमि छैन भन्दै दुखेसो पोखे ।
जिल्ला प्रहरी कार्यालय पर्सामा प्रमुखको रुपमा राथोड आउनसाथ आफ्नै नजिकका प्रहरीहरुलाई सादा पोशाकमा खटाइएको र खटाउनसाथ रकम उठ्न थालिएको बताइएको छ । क्राइमको नाममा खटिएका प्रहरी हालको दिनहरुमा आर्थिक कलेक्सन गरिरहेको बुझिएको छ । तस्करहरु आफ्नो कार्यलाई तिब्रता दिएका छन् भने क्राइम टोली आथिक कलेक्सनलाई तिब्रता दिएका हुन । नेपाल प्रहरीमा यस्तै रवैया रहि रहयो भने आउने दिनमा नेपाली जनताको नेपाल प्रहरीबाट बिश्वास उठ्ने बेर लाग्दैन । तसर्थ ः नेपाल प्रहरीको माथिल्लो निकायको ध्यान जान अति आवश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.