Ultimate magazine theme for WordPress.

विष्णु पौडेलको क्षेत्रमा प्रभावशाली नेतासहित हजारौंको संख्यामा एमाले परित्याग गरि फोरम नेपाल प्रवेश

45

एमालेसहित विष्णु पौडेललाई बुटवलमा लाग्यो ठूलो धक्का ।
बुटवल , फागुन १९ : नेकपा एमालेका एक जना प्रभावशाली नेतासहित हजारौंको संख्यामा एमाले नेता कार्यकर्ताको ठूलो समूह संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेको छ ।

एमाले मधेश विरोधी, परिवर्तन विरोधी र जनान्दोलनका उपलब्धिहरुलाई समाप्त पार्ने खेलमा लागेको आरोप लगाउँदै उनीहरुले एमाले परित्याग गरी फोरम नेपाल प्रवेश गरेका हुन् ।

एमाले परित्याग गरि फोरम नेपालमा प्रवेश गरेको क्षेत्र नं. ४ पूर्वअर्थ मन्त्री एवं निर्वाचित सांसद विष्णु पौडेलको निर्वाचन क्षेत्र हो । भारी संख्यामा प्रभावशाली नेता कार्यकर्ताले पार्टी परित्याग गरेसँगै बुटवलमा एमाले र खासगरी विष्णु पौडेललाई ठूलो धक्का लागेको छ ।

बुटवलमा प्रभावशाली नेताको छवि बनाएका ओमप्रकाश कशौंधन, एमालेको नगर कमिटि उपाध्यक्ष शायदा खातुन र अर्का नेता समिउल्ला शाहको नेतृत्वमा करिब तीन हजारको संख्यामा नेता कार्यकर्ताले एमाले परित्याग गरेका छन् ।

बिहिबार बुटवलमा आयोजित एक समारोहमा नेता कशौंधन लगायत नवप्रवेशी नेता कार्यकर्ताहरुलाई संघीय समाजवादी फोरम नेपाल रुपन्देही क्षेत्र नं. ४ का अध्यक्ष अशोक वर्माले पार्टी प्रवेश गराउँदै स्वागत गरेका छन् । क्षेत्रिय अध्यक्ष वर्माको पहल र सक्रियतामा पार्टी प्रवेश सफल भएको हो ।

नवप्रवेशी कशौधनलाई संघीय समाजवादी फोरम नेपाल, बुटवलको नगर अध्यक्षमा चयन गरिएको छ । एमालेको महिला नगर उपाध्यक्षको पदमा सक्रिय रहेकी शायदा खातुनलाई फोरम नेपालले क्षेत्र नं. ४ को महिला संयोजकको जिम्मेवारी दिएको छ ।

संविधान संशोधनको विपक्षमा उभिएर पछिल्लो समय मधेशका जिल्लाहरुमा कमजोर बन्दै गएको एमालेलाई बुटवलमा ठूलै धक्का लागेको छ ।

Leave A Reply

Your email address will not be published.