Ultimate magazine theme for WordPress.

विश्व फोटोग्राफी दिवसको अवसरमा वीरगन्जमा प्रभात फेरी

161

वीरगन्ज, २ भदौं । १८० औं विश्व फोटोग्राफी दिवसको अवसरमा आज नेपाल फोटो पत्रकार महासंघ पर्साले वीरगन्जमा प्रभात फेरीको निकालेको छ । नेपाल फोेटो पत्रकार महासंघ पर्साका अध्यक्ष बिजय चौहानको अध्यक्षतामा वीरगजको घण्टाघर चोकबाट प्रभात फेरी निकालिएको हो ।
घण्टाघर चोकबाट निकालिएको प्रभात फेरी नगरको विभिन्न भाग परिक्रमा गरी माईस्थानमा पुगी कोणसभामा परिणतभएको थियो । कोणसभालाई सम्बोधन गर्दै नेपाल फोटो पत्रकार महसंघ प्रदेश नं. २ का अध्यक्ष राम सर्राफले विश्व फोटोग्राफी दिवसको शुभकामना दिदै समाचारलाई सत्यता प्रदान गर्न अत्याधिक जोखिमका बीच काम गर्ने फोटो पत्रकारलाई आर्थिक रुपमासवल बनाउन तिनै तहका सरकार र संचारगृहरुले सकारात्मक भुमिका निर्वाह गर्न आवस्यक रहेको धारणा व्यत्तक्त गर्नुभयो ।
नगर प्रमुख विजय सरावगीले फोटो पत्रकारीता पेशलाइ प्रवद्धन गर्न आवस्य रहेको जिकिर गर्नु भयो ।
कोण सभालाई सम्बोधन गर्दै वीरगन्ज उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुबोद गुप्ताले फोटो पत्रकारको क्षमतावृद्धीका क्षेत्रमा सहकार्य गर्न आफुहरु तयार रहेको बताउनुभयो ।
कार्यक्रममा, नेपाल फोटो पत्रकार महसंघ प्रदेश नं. २ का उपाध्यक्ष पंकज श्रेष्ठ, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का उपाध्यक्ष केसी लामिछाने, महासंघ पर्साका अध्यक्ष श्याम बन्जार, लगायतका वक्ताले विश्व फोटोग्राफी दिवसको शुभकामना व्यक्त गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.