Ultimate magazine theme for WordPress.

वडा प्रमुखको कर्तुत उजागर हुदा स्थानिय वडा कार्यालय जान छोडे

1,006

उमेश दुबे
बारा, २९ पुस / बारा जिल्लाको प्रसौनी गाउपालिका वडा न ३ का वडा अध्यक्षलाई प्रदेश सरकारले कारवाही नगरेको गुनासो स्थानियवासिले गारेका छन । प्रसौनी गाउपालिका वडा नमबर ३ नेवतन टोलका स्थानियवाशिका अनुसार वडा अध्यक्ष बैजु गुप्ताले नेपालको युवतिहरूलाइ देह ब्यपारमा लगाएको प्रमाण समेत फेला पारेपनी प्रदेश सरकारले कारवाही नगरेको बताएका हुन ।
नेपालको अधिकान्स युवतिलाइ ललाइ फकाइ देहब्यापारमा लगाउने गरेको रहस्य खुलेपनी प्रदेश सरकारले कारवाही नगर्नु बिडम्बनाको बिषय बनेको भन्दै दुखेसो पोखे । एक जना स्थानियका अनुसार वडा अध्यक्ष बैजु गुप्ता आफ्नो सम्पती र दबङैका कारण स्थानियहरूलाइ डराउने कार्य समेत गरिरहेको आरोप लगाएका छन । आफ्नो नाम उल्लेख नगर्ने सर्तमा नेपालको प्रहरी प्रशासन समेत नेताहरूको चापलुसी गरिरहेकोले आफूहरू प्रहरीमा नगएको बताउछन ।
प्रसौनी गाउपालिकादेखी मन्त्रालयसम्म राजपाको बर्चस्व भएकोले सायद कारवाही हुन नसकेको दुखेसो पोखे । प्रदेश न २ को भौतिक पूर्वाधार तथा यातायात बिकास मन्त्रालय जितेन्द्र सोनल समेत यहि क्षेत्रबाट जितेर गएको र मन्त्री सोनललाइ सबै कुरा जानकारी हुदा हुँदै पनि मौन बसेको बताए । वडा अध्यक्ष गुप्तालाइ प्रदेश सरकारले कारवाही नगरे आउने चुनावमा मन्त्री सोनलको अस्तित्व नै डुब्ने बताउनु भयो । उहाले बाराको प्रसौनी गाउपालिकामा राजपाको दबङैका कारण स्थानियहरू आजित भएको बताउनु भयो ।
वडा अध्यक्ष गुप्ता यौन दुर्ववहार गरिरहेकै क्रममा भिडियो सार्वजनिक हुन थालेपछी केही दिन घर छोडी पलायन भएका थिए । केही दिन पश्चात् घर फर्केका वडा अध्यक्ष गुप्ता निर्लजताका साथ छाती फुलाएर गाउघरमा घुमिरहेका छन । वडा अध्यक्षको कर्तुत बाहिर आए पश्चात् वडा निवासी वडा कार्यालयमा जान समेत छोडेको बताए । जब वडा अध्यक्ष नै त्यस्तो भइहालेपछी आफ्नो पीडा कसलाइ सुनाउन जाने भन्दै दुखेसो पोखे ।

Leave A Reply

Your email address will not be published.