Ultimate magazine theme for WordPress.

वडा अध्यक्षले गरे पर्सा प्रहरीको भण्डाफोर, पर्सा प्रहरीको पोल खुल्दै

184

उमेश दुबे
बीरगन्ज, माघ ११ गते ।
पर्सा प्रहरीले नक्कली घटना मुचुल्का गराई बदनियतपूर्ण व्यवसायीलाई फसाउन खोजेको खुलासा गर्दै पकहामैनपुर गाउपालिकाका ३ का वडा अध्यक्षले पत्रकार सम्मेलन गर्नु भएको छ । शुक्रवार नेपाल पत्रकार महासंघको सभाकक्षमा पत्रकार सम्मेलनगरि वडा अध्यक्ष मदन साह कानुले आफनो वडा र गाउपालिकाबाट केराउ बोकेको कुनैपनि ट्रक बरामद नभएको प्रष्ट गर्नु भएको छ । विहिवार विहान पकहामैनपुर अस्पताल नजिकै धोरे प्रहरी चौकीका असई कुलदीप कर्णले आफुबाट धोखापुर्ण सहि गराएको बताउनु भयो । असईले छलगरेकोले आफुले जिल्लामा ठारो निवेदन दिएर एसपी ढकाललाई यसबारे जानकारी गराएको बताए । तिलावे पुलमा बुधवार राती १० बजे पक्राउ परेको ट्रकको मुचुलका पकाहा मैनपुरमा पकउ परेको भनि असईले सहि गराएको उनले बताए । आफु विश्वासमा परेर सहि गरेकोले अहिले पश्चताप भइरहेको कानुले पत्रकार समक्ष स्विकार्य गरे ।
त्यसैगरि मुचुल्कामा स्थानियवासीको रुपमा सहि गरेका अशोक साह तेली र पृथ्वी नारायण साहले पनि आफुहरु पकहा चौकमा उभीरहदा असइले विस्तृत कुरा नबताई जिल्लामा पठाउने कागज हो ,यसले नागरिक र प्रहरीको सम्बध कस्तो छ भने जनाउछ भनि झकियाएर सहि गराएको, र आफुहरु पनि नपढेरै सहि गरेको बताए । असई कर्णले आफुहरु संग छलकपट गरि सहि गराएको थाहा पाएर उनलाई किन यस्तो गराएको सोध्दा अहिले माफी मागिरहेको अशोक साह तेलीले बताए ।
यता धोरेका असई कर्णले एसपी ढकालको आदेशमा आफुले झकियाएर सहि गराएको पत्रकारहरुलाई प्रतिकृया दिएको कुरा समाजिक संजालमा सार्वजनिक भएको छ । शुक्रवार मुचुल्कामा सहि गर्ने वडा अध्यक्ष तथा स्थानियले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएर प्रहरीको नक्कली चरित्र सुधार्न मांग समेत गरेका छन् । समुदाय संगको सहकार्य तथा नागरिक मैत्री बनेर काम गर्ने प्रहरीले अहिले उदघोष गरिरहेको बेला जनतालाई विश्वासमा लिएर नक्कली विवरण त्यार पारि दुखदिने नियतले काम गलत रहेको वडा अध्यक्ष कानुले बताए ।
केराउ बोकेको ट्रक प्रहरीले नियंत्रणमा लिन् बेठिक होइन तर नियंत्रणमा लिने ठाउ रातारात नक्कली मुचुलकामा ठाउँ नै परिवर्तन गरिनु प्रहरीकोनियत ठिक नभएको प्रष्ट भएको छ ।

Leave A Reply

Your email address will not be published.