Ultimate magazine theme for WordPress.

लागू औषध सहित सहनी पक्राउ

796

बारा, २३ मंसिर / बाराको जितपुरबाट लागू औषध सहित सहनीलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । जितपुरबाट हेटौडा जान बस कुरिरहेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश जितपुरबाट खटिएको टोलिले लागू औषध सहित सहनीलाई पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी निरीक्षक प्रकाश बिक्रम कार्कीको कमाण्डमा खटिएको टोलिले पर्सा जिल्लाको धोरे गाउपालिका वडा नम्बर १ बस्ने चोकर सहनीको २२ बर्सिय छोरा जितेन्द्र सहनीलाई लागू औषध सहित पक्राउ गरेको छ । सहनी सङ्ग रहेको ओनेरेक्स ५५० थान सहित अवाश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय जितपुरमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक रबिनराज कर्णजितले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.