Ultimate magazine theme for WordPress.

लागू औषध प्रयोगकर्ता युवा युवतीलाई उद्दार गरेर परामर्श दिनुपर्छ : प्रहरी महानिरीक्षक खनाल

310

उमेश दुबे
पर्सा, २ माघ / पर्सा जिल्लाको बिरगंजमा लागु औषधको प्रयोग रोकथाम र नियन्त्रणका लागि सञ्चालित निशुल्क कानुनी तथा मनोसामाजिक परामर्श केन्द्रको स्थापनाको क्रममा नेपाल प्रहरी संगठनका प्रमुख आइजिपी सर्बेन्द्र खन्नालले लागू औषध प्रयोगकर्ता युवा युवतिलाइ उद्दार गरेर परामर्श दिनु पर्ने बताउनु भएको छ । कार्यक्रममा आइजिपी खन्नालले लागु औषध प्रयोगकर्तालाई दण्ड नभई परामर्श दिनुपर्ने बताउनु भएको हो ।
लागू औषध सेवनकर्ताका अवस्था बिकराल रहेको बताउदै आइजिपी खन्नालले बिद्यार्थीलाई यी कुलतमा पुग्न अगावै अभिभावक र शिक्षकलाइ लागू औषध बिरूध खुलेर यसको सामना गर्नुपर्ने बताउनु भयो । उहाले अभिभावक र शिक्षकहरू जागरुक भए लागू औषध सेवनकर्तामा कमि आउने बताउनु भयो । कार्यक्रममा आइजिपी खन्नालले धेरै जसो लागू औषध प्रयोगकर्ता र ढुवानी गर्ने गिरोह नेपालको कारागारमा रहेको बताउनु भयो ।
शान्तिपुर्ण एवम सुरक्षित समाजका लागी समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपालमै पहिलो परामर्श केन्द्रको उदघाटन नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगीले संयुक्त रुपमा गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.