Ultimate magazine theme for WordPress.

लागू औषध चरेस सहित भारतीय नम्बरको मोटरसाइकल बरामद

346

पर्सा, २६ मन्सिर / लागू औषध ११ किलोग्राम चरेस सहित भारतीय नम्बर प्लेटको मोटरसाइकल सशस्त्र प्रहरी बलले बरामद गरेको छ । पर्साको भिखमपुर नजिकैबाट भारतीय नम्बर प्लेटको मोटरसाइकलमा लूकाइ छिपाइ भारततर्फ लगिरहेको अवस्थामा लागू औषध चरेस बरामद भएको हो ।
बोर्डर आउट पोस्ट भिखमपुरबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा खटिएको टोलिलाई हेर्नसाथ भारतीय नम्बर प्लेट मोटरसाइकल चढेका चालक मोटरसाइकल छोडी फरार भएका थिए । सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा खटिएको टोलिले चोरीको गाडी रहेको शन्का गर्दै नियन्त्रणमा लिन सफल भयो । तर सशस्त्र प्रहरी निरीक्षकले नियन्त्रणमा लिएको भारतीय नम्बरको मोटरसाइकलको सिटमुनीबाट लागू औषध चरेस बरामद भएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
भारतीय नम्बर बि.आर.०५ एम ३१२५ नम्बरको मोटरसाइकलबाट ११ के.जि लागू औषध चरेस बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुवरले जानकारी दिनुभयो । सशस्त्र प्रहरी उपरीक्षक कुवरले बरामद भएको लागू औषध चरेस र भारतीय मोटरसाइकल अवाश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.