Ultimate magazine theme for WordPress.

लागू औषध गाजा सहित एक जना भारतीय नागरिक सशस्त्र प्रहरीको फान्दामा

278

बारा, १० जेष्ठ / बाराको कल्यानपुर हुँदै लागू औषध गाजा भारततर्फ लगिरहेको अवस्था सशस्त्र प्रहरी बलले एक जना भारतिय नागरिकलाइ नियन्त्रणमा लिएको छ । कल्यानपुर नाका हुँदै भारत जाने क्रममा सशस्त्र प्रहरी बल नेपालको पिकेट टोलिले नियन्त्रणमा लिएको हो ।
आज साझ करीब ५ बजेको समयमा भारतको मोतिहारी जिल्ला बाघिबर्वा बस्ने ६५ बर्षिय रामचरण महतोलाइ लागू औषध गाजा सहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी उपरीक्षक दिग बिजय सुवेदीले जानकारी दिनुभयो । भारतीय नागरिक महतो साइकलको माध्यमले सीमा हुँदै भारत जान खोजिरहेको अवस्थामा शन्का लागि चेकजाच गर्दा तीन (३) किलोग्राम लागू औषध गाजा बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक सुवेदीले बताउनु भयो । नियन्त्रणमा लिएको महतोलाई अवाश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.