Ultimate magazine theme for WordPress.

लागू औषधको ट्रक समातिए पनि चालकलाइ प्रहरीले नै फरार गराएको प्रत्यक्षदर्शीको आरोप

247

उमेश दुबे
पर्सा, १८ श्रावण / बिरगंजको पिपरा नजिकै लागू औषध गाजा बोकेर आउदै गरेको ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपनी मोटो रकमको नजराना बुझेर चालकलाइ फरार गराइएको प्रत्यक्षदर्शीले बताएका छन । बिरगंजको बाइपास सडक खन्डमा ट्रकलाइ रोकि चेकजाच गर्दा लागू औषध गाजा बरामद भएपछी दोस्रो बाइपासमा लागि कुरा मिलाएको प्रत्यक्षदर्शीले आरोप लगाएका हुन ।
मकवानपुरको मनहरीबाट बिरगंजतर्फ लागू औषध गाजा बोकि ट्रक जाँदै गरेको सूचनाको अधारमा सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट टोलि परिचालन भएको थियो । तर बाइपासको बोल बम पेट्रोल नजिकै समातिएको ट्रक दोश्रो बाइपासमा लगेर बार्गेनिङ्ग गरे पश्चात् चालकलाइ फरार गराइएको हुन सक्ने प्रत्यक्षदर्शीले बताएका छन । आज बिहान करीब साढे ६ बजेको समयमा सशस्त्र प्रहरीले ट्रक र लागू औषध बरामद गरेपनी चालक हुदा हुँदै बेवारिसे अवस्थामा बरामद भएको जानकारी दिनुले बार्गेनिङ भएको हुन सक्ने प्रत्यक्षदर्शीले बताए । ना ३ ख ४२९७ नम्बरको ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिइ चालक सहित दोश्रो बाइपास तिर गएको तर प्रहरीले चालकलाइ उजागर नगर्नुले पैसाको चलखेल हुन सक्ने स्थानीय प्रत्यक्षदर्शीले बताए ।
यता सशस्त्र प्रहरीले सूचना आउनसाथ टोलि परिचालन गरिएको तर चालक नभइ मात्र ट्रक र लागू औषध गाजा २१ किलो बरामद गरेको दाबी गरेको छ । सशस्त्र प्रहरीले लागू औषध गाजा सहित ट्रकलाइ अवाश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाउने तयारी गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.