Ultimate magazine theme for WordPress.

लागु औषध सहित बाराबाट एक जना पक्राउ

106

बारा, १२ मंसिर ÷ बारा जिल्लाको राजमार्गबाट लागु औषध सहित एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बाराबाट खटिएको चेकिङ टोलीले निजगढ नगरपालिका वडा नं. ८ बाट लागु औषध सहित एक जनालाई पक्राउ गरेको हो ।
निजगढ नगरपालिका वडा नं. ८ बकैया पुल स्थित चेकजाचको क्रममा पक्राउ परेको बारा प्रहरीले जनाएको छ । पूर्व—पश्चिम राजमार्गमा चेकजाच भइरहेको क्रममा रुमालमा बांधी लगिरहेको अवस्थामा एक जना पक्राउ परेको हो । पक्राउ पर्नेमा ओखलढुंगा जिल्ला पलापु गाउपालिका वडा नं. ३ बस्ने सन्तोष कार्की क्षेत्रीलाई पक्राउ गरीएको बारा प्रहरीले जनाएको छ । उनको साथमा रहेको २४ पिस डाइजोपाम, २३ पिस नुर्फिन र फेनारगन २४ पिस बरामद भएको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.