Ultimate magazine theme for WordPress.

लक डाउन खुकुलो हुनासाथ सीमा नाकालाइ कमाइ खाने भाडो बनाए प्रहरी

238

उमेश दुबे
पर्सा ११ असार । नेपाल सरकारले लागू गरेको लक डाउन खुकोलो हुनसाथ नेपाल र भारतको खुल्ला सीमा नाकाहरूबाट प्रहरीकै सहयोगमा तस्करी फस्टाउन थालिएको छ । बिगत ३ महिनादेखी बन्द रहेको तस्करी कार्य प्रहरीकै सहयोगमा फस्टाउनुको साथ साथै पर्साको ग्रामिण क्षेत्रहरूबाट ठूलो तस्करीको लाइन चलेको हो ।
आफुलाइ इमान्दार ठानिने जिल्ला प्रहरी प्रमुखहरूकै इशारामा सीमा नाकाबाट तस्करी कार्य फस्टाएको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रहरी प्रमुख लगायत सीमामा खटिएका प्रहरीहरूले मासिक नजराना बुझे पश्चात् तस्करीको लाइन सुचारू भएको बुझिन्छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखहरू नजराना नबुझे पश्चात् हालको समयमा तस्करी चलाउनु असम्भव रहेको जानकारहरू बताउछन ।
लक डाउन खुकुलो भएपनी सीमा नाका बन्द रहेको ठोकुवा गर्दै आएका प्रहरीहरू हालको समयमा सीमा नाकालाइ कमाइ खाने भाडो बनाएका छन । पर्साको अलौ, श्रीसिया, कोनिया, अमरपट्टी, भिस्वा, बन्जारी र जानकी टोला नाकाहरूबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको संलग्नतामा व्यापक रुपमा तस्करी भई रहेको छ । सीमा सुरक्षाको लागि खटेका नेपाल प्रहरी र सशस्त्र प्रहरीको संलग्नतामा पर्साको अलौ, सिर्सिया, कोनिया सिमा नाकाबाट व्यापक रुपमा तस्करी भईरहेको हो ।
सीमा नाकाहरूबाट हार्डवेयर, कपडा, इलेक्ट्रोनिक्स पार्टस लगायतको तस्करी कार्य तिब्र रूपले अगाडी बढेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका क्राइम टोलि इन्चार्ज रबिभुसन यादव र क्युआरटी टोलि इन्चार्ज लगायतलाइ मासिक नजराना बुझाए पश्चात् सीमा नाकाबाट तस्करीको लाइन पाएको बताइन्छ । माथिल्लो निकायले रकम बुझे पश्चात् सीमामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले आ आफ्नो भागबन्डा बुझी तस्करीको लाइन सुचारू भएको श्रोतको दाबी रहेको छ ।

Leave A Reply

Your email address will not be published.