Ultimate magazine theme for WordPress.

लक डाउनको मौका छोपी प्रहरीकै सहयोगमा मदिराभट्टी सन्चालन हुनुको साथै सुर्तीको आयातमा वृद्धि

310

उमेश दुबे
बारा, १६ बैशाख / विश्वभरी फैलिएको कोरोना भाइरसको मौका छोपी प्रहरी प्रशासनकै सहयोगमा मदिरा भट्टी सन्चालन हुनुको साथै अबैध रूपले सुर्ती आयातमा वृद्धि भएको छ । बाराको बारागढी गाउपालिका अन्तर्गत पर्ने दउरवा भन्ने ठाउमा प्रहरी प्रशासनकै सहयोगमा ठुला ठुला मदिरा भट्टी सन्चालन हुनुको साथै आमवा नाका हुँदै सुर्तीको कारोबारलाइ तिब्रता दिएको बुझिन्छ ।
जिल्ला प्रहरी कार्यालय बारा क्राइम शाखा प्रमुख प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठको माध्यमले प्रहरी उपरीक्षक कृष्ण प्रसाद पङ्गेनी र प्रमुख जिल्ला अधिकारी रूद्र पडित समक्ष रकम पुर्याए पश्चात् मदिरा भट्टी सन्चालन गरेको स्थानीय बताउछन । लक डाउन जस्तो समयमा पनि प्रहरी प्रशासनको यस्तो गैरजिम्मेवारी पूर्वक गरिरहेको काम हेरि स्थानिय चकित बनेका छन । लक डाउनको मौकामा स्थानीयले बिरोध गर्न नसक्ने बहाना बनाउदै जिल्ला प्रहरी प्रमुख लगायत जिल्ला प्रशासन कार्यालय बारा समक्ष रकम पुगेपछी मदिरा भट्टी सन्चालन गरिएको स्थानीय मदिरा भट्टि सन्चालकले आफ्नो नाम नछाप्ने सर्तमा बताएका छन । यहाँ एउटा मात्र भट्टी नभइ १० वटा भन्दा बढी मदिरा भट्टि रहेको जनाए ।
यता बाराको आमवा नाका हुँदै अबैध रूपले सुर्तीजन्य पदार्थ तस्कर संगठनले नेपाल भित्रयाउन सफल भएका छन । लक डाउनको समय लम्बिदै जादा सीमामा बसेका सशस्त्र प्रहरीले आफ्नो बानी झै रकम उठाउनमा ब्यस्त रहेका छन । सीमामा खटिएका सशस्त्र प्रहरीले रकम उठाए पश्चात् तस्कर संगठनले अबैध तरिकाले सुर्ती नेपाल भित्र्याउन सफल हुन्छन भने रकममा सिमित रहेका नेपाल प्रहरीले स्कटिङ्ग समेत गरिने गरेको स्थानीयले बताएका छन । अबैध तरिकाले आयात गरिएको सुर्ती रातिको समयमा १० देखि १५ वटा मोटरसाइकलमा लोड गरि सदरमुकाम लगायत निजगढसम्म पुग्ने गरेको बताइन्छ ।
यस्तो महामारीको समयमा नेपाली नागरिकको जिउधनको सुरक्षा निम्ति खटिएका प्रहरीहरू नै केही रकममा लिप्त भएपछी नेपाली नागरिक सचेत हुनुको साथै माथिल्लो निकायको ध्यान जान समेत अति अवाश्यक देखिन्छ । तसर्थ : स्थानीय प्रहरी लगायत प्रदेश प्रहरी प्रमुखको ध्यान जान अति अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.