Ultimate magazine theme for WordPress.

लक डाउनको आज दोश्रो दिन, कालोबजारीलाई छैन बिरगंजमा कसैको डर, बारा जिल्ला सुनसान

170

उमेश दुबे
पर्सा, १३ चैत / पर्सा जिल्लाको बिरगंज माहानगरपालिका भित्र आज लक डाउनको दोश्रो दिनपनी व्यापक रूपमा प्रहरी परिचालन हुनुको साथै लक डाउनको नियमलाइ उल्लंघन गर्नेहरूलाइ पक्राउ गरिन थालिएको छ । प्रदेश नम्बर २ को विभिन्न जिल्लाहरूमा व्यापक रूपमा प्रहरी परिचालन हुनुको साथै लक डाउनको आदेश नमान्नेलाई करवाही स्वरूप नियन्त्रणमा लिन थालिएको हो ।
प्रदेश नम्बर २ को पर्सा र बारा जिल्लामा नेपाल प्रहरी र सशस्त्र प्रहरी व्यापक रूपमा परिचालन गरिएको छ भने प्रहरी प्रशासनको निगरानीले सवारी साधन समेत चल्न नसकेको स्थानियले बताएका छन । नेपाली जनताको जीवन सङ्ग खेलवाड हुन नदिन सोचका साथ लागू गरिएको लक डाउन सफल भएको प्रहरी प्रशासनको दाबी रहेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले लक डाउन सफल रहेको दाबी गरिरहेपनी आफ्नो कार्यको बिषयमा उज्जागर हुन नदिन स्थानिय केही सन्चारकर्मी माथी समेत रोक लगाइएको बताइन्छ । लक डाउनको नाममा कालो बजारी गर्नेहरूलाइ छुट दिएकोले पत्रकारले भन्डाफोर गर्ने डरमा बजारतर्फ समाचार संकलन गर्न नदिएको जिल्ला प्रशासन कार्यालय श्रोतको दाबी रहेको छ ।
यता बारा जिल्ला स्थित रहेको सीमा नाका लगायत विभिन्न ठाउहरूमा प्रहरी परिचालन भएको र लक डाउनको नियम तोडनेलाई कारवाही भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । लक डाउन जारी भएको बेला सवारी साधन चलाउनेलाई कारवाही स्वरूप सवारी साधन नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक कृष्ण प्रसाद पङ्गेनीका अनुसार २०५ सवारी साधनलाइ नियन्त्रणमा लिएको बताउनु भयो भने सशस्त्र प्रहरी बल १२ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दिग बिजय सुवेदीले सीमा लगायत जिल्लाको विभिन्न ठाउहरूमा सशस्त्र प्रहरी परिचालन गरिएको बताउनु भयो । उहाले सीमा लगायत शान्ती सुरक्षाको मुख्य जिम्मेवारी रहेकोले यस बिषयमा आफुहरू पछि नहटी कोरोना भाइरसको महामारीको समयमा समेत निगरानी बढाइएको बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.