Ultimate magazine theme for WordPress.

राष्ट्रियता र समृद्धिको सवालमा माओवादी केन्द्रभन्दा एमाले स्ष्टः सीपी गजुरेल

54

बर्दिवास, माघ ७ : नेकपा (क्रान्तिकारी माओवादी) का नेता सीपी गजुरेलले राष्ट्रियताको सवाल र मुलुकको समृद्धिको कुरामा एमाले स्पष्ट र धारिलो देखिएको टिप्पणी गरेका छन्। उनले नाम कम्युनिष्ट पार्टी नै राखिएपनि नेकपा (माओवादी केन्द्र) सामान्य संसदीय पार्टी बनेको आरोप लगाएका छन्। कम्युनिष्ट पार्टी गठन, सञ्चालन तथा सैद्धान्तिक सवालमा प्रचण्ड संसदीय पार्टी सरह भएको उनले बताए।

बिहीबार साँझ नेकपा (क्रान्तिकारी माओवादी) मिथिला प्रदेश ब्युरो कमिटीले बर्दिवासमा आयोजना गरेको सङ्गठन बिस्तार, सुदृढीकरण र परिचालनसम्बन्धी तीनमहिने अभियानको उद्घाटन गर्दै उनले यो धारणा व्यक्त गरेका हुन्।

नेता गजुरेलले प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) ले १० वर्षे जनयुद्धका उपलब्धि संस्थागत गर्ने पहलकदमी छाडेकोले तत्काल पार्टी एकता वा कार्यगत एकताको सम्भावना नरहेको बताए।

मिथिला प्रदेशका इन्चार्ज कृष्णदेव सिंह दनुवारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सो पार्टीका केन्द्रीय सदस्य तथा जनकपुर क्षेत्रका साहित्यकार रोशन जनकपुरीसहितका केन्द्रीय नेताले तीनमहिने सङ्गठन बिस्तार, सुदृढीकरण र परिचालन अभियानसम्बन्धी कार्यबिधिबारे जानकारी दिएका थिए।

Leave A Reply

Your email address will not be published.