Ultimate magazine theme for WordPress.

रामदेवको योग शिविरमा पुगे प्रचण्ड, यसरी गरे प्रशंसा

80

१२ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योग र उद्योगलाई जोड्न सकेको भन्दै योग गुरु रामदेवको प्रशंसा गरेका छन् । रामदेवलाई भेट्न आइतबार वीरगञ्ज पुगेका प्रधानमन्त्री प्रचण्डले मानव जीवनमा योगको धेरै ठूलो महत्व रहेको बताए ।

पतञ्जली योग समिति नेपालको आयोजनामा वीरगञ्जमा रामदेवले सञ्चालन गरेको योग विज्ञान शिविरलाई आइतबार दिउँसो प्रचण्डले प्रमुख अतिथिका रुपमा सम्बोधन गरेका थिए ।

उनले योग र उद्योगलाई जोड्न सक्दा मानव जीवन पद्दति र सम्वृद्धिमा धेरै ठूलो टेवा पुग्ने धारणा राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले मधेस, पहाड, हिमाल जोडेर संविधान कार्यान्वयनका लागि सरकार प्रयत्नशील रहेको पनि बताए । आफ्नो यस पवित्र उद्देश्यका लागि सबैतिरबाट साथ पाउने उनले विश्वास व्यक्त गरे ।

Leave A Reply

Your email address will not be published.