Ultimate magazine theme for WordPress.

राजस्व छली गरि नेपाल भित्रयाइएको १७ वटा भैंसी र कपडा सशस्त्र प्रहरीको नियन्त्रणमा

192

पर्सा, २२ असोज / पर्सा जिल्लाको बहुअर्वाभाठा नजिकैबाट सशस्त्र प्रहरीको टोलिले भारतबाट अबैध तरिकाले नेपाल भित्रिएको भैंसी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । भारतबाट नेपाल भित्रयाउने बिशेष सूचनाको अधारमा सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिणीबाट खटिएको स्कवाड टोलिले बहुअर्वाभाठा नजिकैबाट १७ वटा भैंसी नियन्त्रणमा लिन सफल भएको हो ।
स्थानीय प्रहरी प्रशासनलाई मासिक लाखौ नजराना बुझाए पश्चात् भैंसी तस्करी तिब्र रूपले अगाडी बढेपनि हाल स्कवाड टोलिले तस्करको संजाल तोडन सफल भएको छ । चारै तिर आफ्नो सेटिङ्ग भएको हल्ला मचाउदै तस्कर समुहले आफ्नो कार्यलाइ निरन्तरता दिनसाथ बाहिणीबाट खटिएको प्रहरी टोलिले १७ वटा भैंसी नियन्त्रणमा लिनसाथ तस्करहरूमा भागदौड मचेको थियो । स्थानीय प्रहरी प्रशासनलाई मिलाउनको निम्ति बिरगंज स्थित एक ठाउमा बसि बिचौलियाको माध्यमले भैंसी तस्करीको लाइन मिलाइएको हल्ला चलिरहेकै बेला सशस्त्र प्रहरीले भैंसी पक्राउ गर्न सफल भएको हो ।

त्यस्तै बाराको बलिरामपुर नाका हुँदै नेपाल भित्रयाउदै गरेको अवस्थामा सशस्त्र प्रहरीले ४ पोका र नेपाल प्रहरीले ३ वटा पोका कपडा बरामद गरेको छ । बोर्डर आउट पोस्ट बरैनियाको फरवर्ड वेश बलिरामपुरबाट सशस्त्र प्रहरी नायब निरीक्षक बिश्वनाथ यादवको कमान्डमा खटिएको सशस्त्र प्रहरीको टोलिले कपडा नियन्त्रणमा लिन सफल भएको हो ।
बारा र पर्सा जिल्लाको सिमामा पर्ने नहरको छेउ हुँदै भारतबाट अबैध तरिकाले कपडा नेपाल भित्रिदै गरेको सूचना आउनसाथ खटिएको सशस्त्र प्रहरीको टोलि र नेपाल प्रहरीको टोलिले ७ पोका कपडा बरामद गरेको बारा प्रहरीले जनाएको छ । प्रहरी चौकी बलिरामपुरबाट खटिएको प्रहरी टोलिले ३ वटा र सशस्त्र प्रहरीको टोलिले ४ पोका गरि जम्मा ७ पोका कपडा बरामद गरिएको स्थानीय प्रहरीले जनाएको छ । पक्राउ गरेको कपडा अवाश्यक कारवाहीको लागि बिरगंज भन्सार बुझाउने तयारी गरेको सशस्त्र प्रहरीले जनाएको छ । फाइल फोटो

Leave A Reply

Your email address will not be published.