Ultimate magazine theme for WordPress.

रघुनाथपुरबासीले गरेको पुर्व–पश्चिम राजमार्ग अवरुद्ध

57

धनुषा चैत्र १७ : स्थानीय निकाय पुर्नसंरचना आयोगको प्रतिवेदनको विरोध गर्दै धनुषा जिल्लाको रघुनाथपुर गाविसका बासिन्दाहरुले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

आयोगको प्रतिवेदनले एतिहासिक एवं धार्मिक क्षेत्र रघुनाथपुरलाई दुई टुक्रामा विभाजन गरी गाविसको अस्तित्व नै मेटाउन खोजेको भन्दै स्थानीयबासीहरुले विरोध गरेका हुन् । आयोगको प्रतिवेदनले गाविसको ९ नम्बर वडालाई गणेशमान चारनाथ नगरपालिकामा मिसाएको छ भने बाँकी वडालाई सबैला नगरपालिकामा मिसाएको छ ।

रघुनाथपुरबासीहरुले रघुनाथपुरलाई स्वतन्त्र गाउँपालिकाको रुपमा स्थापना गर्नु पर्ने माग गर्दै विगत एक महिनादेखि आन्दोलन गर्दै आएका हुन् । हाल १८ हजारभन्दा बढी जनसंख्या रहेको रघुनाथपुर ३० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

विहीबार रघुनाथपुरबासीले पूर्वपश्चिम राजमार्गको कमला नदी नजिकै सडक अवरुद्ध गरेका हुन् । विहान १० बजेदेखि दिउँसो १२ बजेसम्म सडक अवरुद्ध भएको धनुषा प्रहरीले जनाएको छ । पाँच हजारभन्दा बढी सर्वसाधारणहरु सडक अवरुद्ध गर्न पुगेका थिए । सर्वसाधारणको संख्या अत्याधिक भएपछि प्रहरीले अवरुद्ध हटाउन सकेका थिएनन् ।

नेपाली काँग्रेस र नेकपा माओवादी (केन्द्र)का सांसदहरुको आग्रह अनुसार आयोगले रघुनाथपुरलाई विभाजन गरेको थियो ।

Leave A Reply

Your email address will not be published.