Ultimate magazine theme for WordPress.

युनिटेक क्लिङ्कर उद्योगमा तालाबन्दी यथावतै, सालिमार सिमेन्टको उद्योगको ताला खुल्यो

121
उमेश दुबे
बारा, २४ मङ्सिर । शालिमार सिमेन्ट तथा युनिटेक क्लिङ्कर उद्योगको प्रमुख गेटमा लगाइएको ताला सोमवार खुल्लागरी पुनः युनिटेक उद्योगमा तालाबन्दी यथावत राखिएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ र ६ का स्थानीयहरुले त्यस क्षेत्रमा निरन्तर प्रदुषण फैलाई रहको भन्दै आईतवार दिउसो संयुक्त रुपमा दुबै उद्योगमा तालाबन्दी गरेका थिए ।
विगतका बर्षदेखि सालिमार सिमेन्ट र युनिटेक उद्योगको प्रदुषणका कारण यसक्षेत्रका स्थानीयहरु प्रभावित भएपछि पटक पटक प्रदुषण नियन्त्रण गर्न आग्रह गर्दा समेत उद्योग प्रशासनले वेवस्था गरे पछि नगरप्रमुखको रोहवरमा हामीहरु तालाबन्दी गरेको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष जगरनाथ घिमिरेले बताउनु भयो । उहाले यस क्षेत्रमा रहेको वडा नं. ३ र ६ का स्थानियवासीहरुले प्रदुषणका कारण बिरामी हुन थालेपछि हामीहरुले जनताको स्वास्थ्यलाई मध्य नजर गर्दै जनताको पक्षमा गई ताल्चा हानेको बताए । वडा अध्यक्ष घिमिरेले उद्योगका कारण स्थानियवासीहरुले दिन प्रति दिन सास्ती खेप्दै आउनु परेको बताउनु भयो । अर्को बैठक नहुन्जेल सालिमार सिमेन्टको उद्योग संचालनमा ल्याएपनि युनिटेक क्लिङ्कर उद्योगमा तालाबन्दी जारी नै रहने बताउनु भयो ।
सालिमार सिमेन्टका सहयाक प्रशासकिय अधिकृत संकर श्रेष्ठका अनुसार धुवा÷धुलो रहित बनाउनको लागि धैरै औजारहरु प्रयोग गरेको बताउनु भयो । बिगतका दिनहरुबाट हालका दिनहरु धुवा धुलोमा कमी आएको दावी गर्नुभयो । सालिमार सिमेन्टले आफ्नो उद्योगको नजिकमा रहेको गाउहरुको सर्वसधारणलाई मध्य नजर गर्दै सालिमार सिमेन्टले धुवा÷धुलो न्यूनिकरणको लागि औजारहरु प्रयोग गरेको ठोकुवा गर्नुभयो । बिगतका दिनहरुबाट अहिले प्रदुषण कम भएको बताउनु भयो । पहिलादेखी उडदै आएको धुवा धुलोको समस्या बताउदै आक्रोषमा आएका जनताहरुले ताल्चा हानेको बताउनु भयो । दैनिक ४० देखी ५० जना कर्मचारी सालिमार सिमेन्टमा काम गर्दै आएको र आइतवारदेखी उद्योग बन्द रहेको उद्योगलाई लाखौको घाटा बेहोर्नु परेको सालिमार सिमेन्टका सहायक प्रशासकिय अधिकृत संकर श्रेष्ठले बताउनु भयो ।
जितपुर सिमरा उपमहानगरपालिका वडा नं. ३ र ६ का स्थानियवासीहरुले उद्योगमा लगाएको ताल्चाका कारण दैनिक ५० देखी ६० लाख घाटा बेहार्नु परेको युनिटेक उद्योगका प्रशासकिय अधिकृत बिजयकुमार कर्णले दुखेसो पोख्नु भयो । टि.भि. टुडे टेलिभिजन संग कुरा गर्दै प्रशासकिय अधिकृत बिजयकुमार कर्णले युनिटेक उद्योगमा दिनहु ७५ जना कामदार कार्य गरिरहेपनि स्थानियको बिरोधले काम ठप्प भएको बताएका छन् । उहाले उद्योगलाई दिनहु करिब ६० लाखको घाटा बेहोर्नु परेको बताउनु भयो । सालिमार सिमेन्ट र युनिटेक कम्पनी एउटै रहेको तथा दुईटै कम्पनीमा दिनहु करिब करोडौको घाटा बेहोर्नु परेको बताउनु भयो ।
उद्योगको प्रदुषणले खाना, घरको छानो तथा पशुपंक्षि समेतको आहारमा असर गर्ने गरेको स्थानियवासीहरुले आरोप लगाएका छन् । लामो समयदेखि यस उद्योगको शिकार बन्दै आएका यहाँका नगरिकहरुले आफ्नो बाँच्ने अधिकारलाई सुनिश्चितगर्न पाउँनुपर्ने कुराका लागि आँफुहरुले यो तालाबन्दीको आन्दोलन आगाडी बढाएको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.६ का स्थानियवासीले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.