Ultimate magazine theme for WordPress.

युएइका ९ वटा हलमा नेपाली चलचित्र

88

अक्टोबर १४ तारिक देखि युएईमा नेपाली चलचित्र नियमित प्रदर्शन सुरु हुनको लागि सम्पूर्ण तयारि सकिएको छ । युएईको चलचित्र सेन्सर बोडले सेन्सर पास गरेपछि नेपाली चलचित्र वीर बिक्रमको प्रर्दशनी पक्का भएको हो ।

युएईका विभिन्न शहरका ९ वटा सिनेमा हलमा पहिलोपटक प्रदर्शनी गर्न युएईको स्थानीय वितरकसँग सहकार्य गरी कन्सेप्ट भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालले नेपाली चलचित्रलाई वैधानिक रुपमा युएईमा नियमित प्रदर्शन हुने वातावरण मिलेको हो ।

नेपाली चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईको उपस्तिथिमा विधिगत थालनि हुने नेपाली चलचित्र युएईको बरदुबई, क्यारिफोर सिटीसेण्टरको भोक्स सिन्धगा सिनेमा हल, दुबईकै अलकुजको बलिउड सिनेमा, त्यस्तै आबुधाबीको ग्रान्ड सफिर सिनेमा र आबुधाबीकै मुसाफाको नेसनल सिनेमाहल, युएईकै अलऐन शहरको अलऐन मलको स्टार सिनेमा हल, सारजाहको स्टार सीनेप्लेक्स, अजमानको सिटी सेन्टरको भोक्स, रसअलखेमाको गल्फ सिनेमा र फुजेराहको स्टार दानामा नेपाली चलचित्र वीर विक्रमले प्रदर्शन हुने भएको हो ।

नेपालमा रहेका सिमित हल र नेपालीहरु माझ मात्र खुम्चिरहेको चलचित्रको प्रर्दशनले प्राबिधिक रुपम आफ्नो बिकाश गर्दै प्रर्दशनको क्षेत्रलाई पनि बिस्तार गर्न सक्नु समग्र कलाकार, प्राबिधिक र चलचित्र संग आबद्धता जनाउनेहरुका लागी खुशी र प्रसन्नताको कुरा भएको खाडी राष्ट्रका लागि नेपाली चलचित्रका वितरक सालिक सुबेदी बताएका छन ।

देश बाहिर नेपालीको संख्या धेरै भएको खाडी मुलुकमा छ प्रवासमा आफ्नो कला सांस्कृति र साहित्य तर्फ चासो राख्ने गर्दछन ्र नेपाली चलचित्र पनि स्तरीय रुपमा निर्माण हुन् थालेकोले नेपाली चलचित्रलाई यस क्षेत्रमा नियमित पर्दशनी पछि नेपाली कला संस्कृतिको प्रबन्धन बढाएर उजागर हुने कन्सेप्ट भिजन फिल्म प्रोडसनका राजन अधिकारीले बताए ।

नेपाली फिल्म युएईको पर्दशनी पछि चाडै कतार, बहराईन ओमन र थाइल्याण्डमा पनि कन्सेप्ट भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालको सामान्यतयामा नेपाली चलचित्र प्रदर्शन हुने राजन अधिकारीले बताएका छन ।

अधिकारीले नेपाली चलचित्रको बजार विस्तार एबम नेपाली कला सस्कृतिको प्रचारप्रसारमा सहयोग गर्न सम्पूर्ण क्रियासिल सामाजिक संस्थाहरु, जातीय संस्थाहरु, राजनितिक दलका भातृ संगठनहरु, बुद्धिजीवी, समाजसेवी तथा पत्रकारहरु सबैलाई सहयोग गर्न आग्रह गरेका छन ।

Leave A Reply

Your email address will not be published.