Ultimate magazine theme for WordPress.

यी हुन् युवा संघ नेता तिवारी हत्याको जिम्मा लिने मनोज पुन

78

बुटवल, ५ पुस । एमालेको भातृ संगठन युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको जिम्मेवारी मनोज पुनले लिएका छन् । रुपन्देहीको देवदह निवासी तिवारीको हत्यापछि पुनले टेलिफोन गरी आफूले हत्या गरेको जिम्मेवारी लिएका छन् । तर विदेशको नम्बरबाट फोन आएको स्थानीयले बताएका छन् ।

हत्याको जिम्मेवारी लिने पुन पनि देवदहकै बासिन्दा हुन् । स्थानीय डनका रुपमा परिचित पुनले यसअघि पनि तिवारीको हत्या प्रयास गरेका थिए भने ६ महिनाअघि खैरेनीमै तिवारीलाई कुटपिट गरिएको प्रहरीले जनाएको छ । पुन यसअघि पनि कुटपिट र आक्रमणका कारण प्रहरीले पक्राउ गरेको थियो ।

पुन झण्डै एक वर्षदेखि फरार रहेका छन् । एक वर्षअघिदेखि नै बेपत्ता रहेका पुनको खोजी तीब्र पारेको छ । हत्यामा पुनकै संलग्नताबारे भए नभएकोबारे अनुसन्धान भइरहेको रुपन्देही प्रहरीले जनाएको छ ।

विगतका घटनाहरुबाट मनोजको संलग्नता भएको हुन सक्ने आशंका गरिए पनि राजनीतिक प्रतिशोधका आधारमा हत्या गरिएको हुन सक्ने स्थानीयको भनाइ छ ।

मोटरसाइकल चलाइरहेका बेला पिछा गर्दै अर्को मोटरसाइकलमा आएका ब्यक्तिले तिवारीमाथि गोली चलाएको प्रहरी रिपोर्टमा उल्लेख छ । तिवारीलाई एक मात्र गोली हानिएको हुँदा आक्रमण गर्ने पेशेवर ब्यक्ति नै भएको अनुमान छ । तिवारीसँगै मोटरसाइकलमा रहेका अर्का ब्यक्तिलाई भने केही नभएको बताइएको छ ।

हत्या विरोधमा युवा संघले देशब्यापी आन्दोनलको घोषणा गरेको छ । मंगलबार देशब्यापी रुपमा एक घण्टा चक्काजाम तथा लुम्बिनी अञ्चल बन्द आह्वान गरिएको छ । युवा संघका कार्यकर्ता तथा स्थानीय युवाहरु रुपन्देहीको खैरनी तथा बुटवल क्षेत्रमा प्रदर्शन गरिरहेका छन् । रुपन्देहीसहित लुम्बिनी अञ्चलका जिल्लाहरु विहानैदेखि ठप्प छ ।

आठ वर्षअघि रुपन्देहीमा तत्कालिन युथफोर्स अध्यक्ष प्रचण्ड थैवको बुटवलमा नै हत्या भएको थियो । गोरु काण्डको विवादले वाइसिएल रुपन्देहीका तत्कालिन अध्यक्ष सुजित विकले थैवको हत्या गरेका थिए ।

Leave A Reply

Your email address will not be published.