Ultimate magazine theme for WordPress.

यि हुन् विश्वका ‘टप टेन’ अर्बपतिहरु

94

काठमाडौं, चैत  : अमेरिकि पत्रिका फोर्ब्सले बिश्वका अर्वपतिहरुको नामावली सार्वजनिक गरेको छ । २०१७ को अर्वपतिहरुको सूची सार्वजनिक गरेको हो । जसअनुसार १ नम्बरमा Bill Gates रहेका छन् । ६१ बर्षिय अमेरिकि नागरिक Gates को सम्पत्ति ८६ विलियन डलर रहेको छ । उनले माइक्रोसफ्ट व्यापार गरेर सम्पत्ति कमाएको फोब्र्सको अनलाइनले जनाएको छ । त्यस्तै अर्का ८६ बर्षिय अमेरिकि नागरिक Warren Buffett दोस्रो नम्बरमा रहेका छन् । Berkshire Hathaway बाट उनले कमाएको उल्लेख गरिएको छ ।

विश्वका अर्बपतिहरुको सूचीमा विनोद चौधरी पनि (सूचीसहित)

त्यस्तै अमेरिकाकै नागरिक ५३ बर्षिय Jeff Bezos तेस्रो नम्बरमा रहेका छन् । उनको ७२.८ विलियन सम्पत्ति रहेको बताइएको छ । उनको आम्दानीको स्रोत Amazon.com रहेको जनाएको छ । स्पेनका नागरिक Amancio Ortega चौथो नम्बरमा रहेका छन् ।Zara आम्दानीको स्रोत रहेको ८० बर्षिय Ortega को ७१.३ विलियन सम्पत्ति रहेको बताइएको छ । फेसबुकका मालिक अमेरिकि नागरिक Mark Zuckerberg पाचौं नम्वरमा रहेका छन् । ३२ बर्षिय Zuckerberg को मुख्य स्रोत फेसबुक हो । उनको ५६ बिलियन डलर सम्पत्ति रहेको छ ।

मेक्सिकोका ७७ बर्षिय Carlos Slim Helu को सम्पत्ति ५४.५ विलियन रहेको छ । उनको आम्दानीको मूख्य स्रोत telecom रहेको छ । उनी छैठौं नम्बरमा रहेका छन् । त्यस्तै अर्का ७२ बर्षिय अमेरिकि नागरिक Larry Ellison को ५२.२ विलियन सम्पत्ति रहेको छ । उनी सातौं नम्वरमा रहेका छन् । उनको मूख्य आम्दानीको मूख्य स्रोत Software रहेको छ ।

सूची हेर्नका लागि यहाँ क्लिक गर्नुहोस

त्यसैगरि Charles Koch ८१ बर्षका भए ।  उनीअर्बपतिहरूको सूचीमा अाठाैं नम्बरमा रहेका छन् । उनको आम्दानीको स्रोत भनेको diversified हो । उनको ४८.३ विलियन डलर सम्पत्ति रहेको छ । उनी पनि अमेरिकि नागरिक हुन् । त्यस्तै David Koch को पनि सम्पत्ति प्यअज को जत्तिकै ४८.३ विलियन डलर छ । diversified आम्दानी स्रोत भएका उनी ७६ बर्ष भए ।
त्यस्तै दसौं नम्बरमा अमेरिकाकै ७५ बर्षिय Michael Bloomberg रहेका छन् । उनको आम्दानी ४७.५ विलियन डलर रहेको छ । Bloomberg LPआम्दानीको स्रोत हो ।

अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्प ५ सय ४४ स्थानमा रहेका छन् । उनको सम्पत्ति ३.५ विलियन डलर रहेको फोर्ब्सले  जनाएको छ । त्यस्तै नेपालका विनोद चौधरी १ हजार ५ सय ६७ नम्बरमा रहेका छन् । उनको मूख्य आम्दानी diversified देखाइएको छ । ६७ बर्षिया चौधरीको १.३ विलियन डलर सम्पत्ति रहेको फोब्र्स पत्रिकाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.