Ultimate magazine theme for WordPress.

मोर्चाले प्रधानमन्त्ती प्रचण्डलाई बुझायो पाँचबुँदे ज्ञापनपत्र I

62

विरगन्ज,फाल्गुन २५ :संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाले प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई ५ बुदें ज्ञापन पत्र बुझाएका छन् । आज विहान प्रधानमन्त्री सँगको भेटघाटको क्रममा मधेशी मोर्चाले विभिन्न माग राखेर सरकारलाई ज्ञापन पत्र बुझाएका हुन । मोर्चाले ज्ञापन पत्रमा लेखेका छन्,  संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा एवं संघीय गठबन्धनसँग नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसबीच भएको तीनबुँदे सम्झौतालाई कार्यान्वयन गर्न कै लागि हाम्रो समर्थनमा तपाईको नेतृत्वमा सरकारको गठन भएको हो । तर, आजसम्म मोर्चा र गठबन्धनले उठाएका मुद्दाहरुलाई सरकारले सम्बोधन गर्नुको सट्टा संघीयता, लोकतान्त्रिक गणतन्त्र र राष्ट्रिय पहिचानको मान्यता लगायतका सवालहरुलाई नै धरापमा पार्ने गरी स्थानीय तहको निर्वाचनको घोषणा गरी परिस्थितिलाई झन् गम्भीर बनाउने कार्य गरेको छ । २०७३ साल फाल्गुन २३ गते सप्तरीमा शान्तिपूर्ण विरोध प्रदर्शन कार्यक्रम गरिरहेका जनतामाथि सरकारले गोली हानेर ४ जनाको हत्या र दर्जनौं घाइते बनाएको छ र कयौंको गिरफ्तारी गरिएका घटनाले हामीले सरकारलाई दिएको समर्थनलाई यस्तो अवस्थामा निरन्तरता दिने अवस्था नरहेको समेत जानकारी गराउन चाहन्छौं ।
तसर्थ, सरकारले तत्काल निम्न कार्यहरु आजैको मितिदेखि ७ दिनभित्र गर्न यो ज्ञापन पत्र दिइएको छ । ज्ञापन पत्रमा उल्लेखित बुँदाहरु तोकिएको अवधिभित्र पूर्णरुपमा कार्यान्वयन नगरेको खण्डमा सरकारलाई दिँदै आएको समर्थन स्वतः नरहने समेत जानकारी गराइन्छ ।
. २०७४ वैशाख ३१ गतेको लागि सरकारद्वारा घोषणा गरिएका स्थानीय तहको निर्वाचन सम्बन्धी सम्पूर्ण कार्यक्रमहरु फिर्ता गरिनु पर्दछ ।
२. संविधान संशोधन गरी मोर्चा र संघीय गठबन्धनले उठाएका मुद्दाहरुलाई सम्बोधन गरिनु पर्दछ । राज्य पुनर्संरचना लगायतका विषयहरुलाई मोर्चा र गठबन्धनको सहमतिको आधारमा संवैधानिक रुपले परिमार्जित गरी संशोधन गर्ने र पहिला संघीय व्यवस्थापिका संसद् र प्रदेश सभाको निर्वाचन गराउने, प्रदेशको क्षेत्राधिकारभित्र रहने गरी प्रादेशिक सरकारले स्थानीय तहको संरचना र निर्वाचन गराउने कार्यको समेत संवैधानिक एवं कानूनी व्यवस्था गर्ने ।
.तीन बुँदे सम्झौता यथाशीघ्र कार्यान्वयन गर्ने ।
. सप्तरीमा प्रहरीद्वारा हत्या गरिएकाहरुलाई शहीद घोषणा गरी तिनका परिवारलाई क्षतिपूर्ति दिने, घाइतेहरुको उपचार खर्च सरकारले नै व्यहोर्नु पर्ने, विरोध कार्यक्रमका दौरान विभिन्न स्थानहरुमा गिरफ्तार गरिकाहरुलाई तुरन्त रिहाई गरिनु पर्दछ ।
. सप्तरीमा भएको हिंशा, हत्या तथा नरसंहारमा संलग्न दोषि उपर छानविन गरी कारबाही गर्न उच्चस्तरिय न्यायिक छानविन आयोगको गठन गरिनु पर्दछ ।

( विरगन्जसिटी )

Leave A Reply

Your email address will not be published.