Ultimate magazine theme for WordPress.

मेचीमहाकाली अभियानको क्रममा जितपुरमा २० हजार जनता उतार्ने निर्णय

92

बारा ३ फागुन : नेकपा एमाले जिल्ला कमिटि बाराको बैठक आज मदन आश्रीत स्मृति भवन कलैयामा सम्पन्न भएको छ । बैठकले पार्टिद्वारा संचालित संविधान कार्यवन्यवनको लागि जन अभियान भब्यता पुर्र्वक सम्पन्न गर्ने र पार्टिद्वारा संचालित मेची महाकाली अभियानलाई ब्यापक प्रभावकारी तथा भब्य बनाएर पार्टि सुद्रिढीकरणको लागि आन्तरीक संगठनात्मक कामहरुलाई ब्यवस्थित गर्ने निर्णय गरेको छ ।

यसैगरी बैठकले “फाल्गुन २७ गते जितपुर जाउं मेची महाकाली अभियान सफल पारौं” भन्ने नारा सहित जितपुरमा हुने विसाल जन सभामा २० हजार जनाता सहभागी गराउने निर्णय गरेको छ । साथै बैठकले संविधान कार्यन्वयनका लागि तत्काल स्थानिय निर्वाचनको मिति घोषण गर्न सरकारसंग जोडदार माग गर्नुका साथै एमाले सरकारले अघि बढाएको काठमाडौं निजगढ द्रुतमार्ग, दोस्रो अन्तराष्ट्रिय विमान स्थन निमार्ण, हुलाकी सडक लगाएतका राष्ट्रिय गौरवका आयोजनाका लागि छुट्याइएको बजेट खर्च गर्न र निर्माण कार्य तत्काल शुरु गर्न माग गरेको एमाले बाराका प्रचार विभाग प्रमुख मनोज पौडेलले जानकारी दिनुभएको छ ।

त्यसैगरी बैठकले नेकपा एमालेले उठाएका एजेन्टा मधेसको पक्षमा रहेको ठकर गरेको छ । नेकपा एमालेका अध्यक्ष केपि ओलिको सरकार भएको बेलामा मधेसको विकासका लागि तराई सिचाई, तराई खानेपानी, तराईका सदरमुकामको विकासका लागि दिएको ५० करोड रकम र सिमासंग जोडिएका गा।वि।सहरुको विकासका लागि सिमा विशेष कार्यक्रम सहित सामाजिक सुरक्षा भत्ता बृद्धि लगाएत जनप्रीय कार्य गरेको हुनाले जनताको पक्षमा नेकपा एमाले भएके कुरा जनतालाई जानकारी गराउन आवश्यक रहेको समेत बैठकले निर्णय गरेको छ ।

त्यसैगरी स्थानिय निकाय क्रमचारीहरुको माग संबोधन गर्नुका साथै कलैयालाई उपमहानगरपालिका बनाउने माग प्रति एकबद्धता जनाएको प्रचार विभाग प्रमुख पौडेलले बताउनुभयो । यसैगरी आज सम्पन्न बैठकले मनोज पौडेल प्रमुख रहेको प्रचार विभागलाई पुर्णता दिएको छ । विभाग सदस्यमा गोकुल घोरासाइनि, इब्राहम आलम, लक्ष्मि साह, रमेश सुवेदि र शुवास प्रसाद साह रहनुभएको जनाइएको छ ।

नेकपा एमाले बाराका अध्यक्ष सुन्दर विकको सभापतित्वमा सम्पन्न बैठकमा पोलिट ब्युरो सदस्य एवम प्रदेश नं। २ का सहसंयोजक नागेन्द्र चौधरी, बारा जिल्ला इन्चार्ज सांसद बलबिर चौधरी, केन्द्रिय सदस्य दिनेश राई, पुर्व युवा तथा खेलकुद मन्त्रि सांसद पुरुषोतम पौडेल, केन्द्रिय सलाहकार सदस्य अच्युत मैनाली, प्रदेश नं। २ का सदस्य भरत खड्का, सुरेन्द्र यादब, पलट चौधरी, कल्याणी चौधरी, विक्रम महरा लगाएतको उपस्थिति रहेको थियो ।

Read 70 times

Leave A Reply

Your email address will not be published.