Ultimate magazine theme for WordPress.

मुर्लीका युवाहरू १४ दिनमा २६ सय ६२ जनालाइ खाना खुवाए

155

उमेश दुबे पर्सा,२८ जेष्ठ / बिरगंज महानगरपालिका वडा नम्बर १२ मुर्लीका सक्रिय युवा समुहले सानो पाइलाको सहयोगमा १४ दिनमा २६ सय ६२ जना स्थानीय तथा बाहिरबाट आएर बसेकाहरूलाइ खाना खुवाइएको छ । सानो पाइलाको सहयोगमा स्थानीय युवाहरूले निरन्तर १४ दिनदेखी चलिरहेको खाना खुवाउने कार्यक्रम आज सम्पन्न गरेका हुन ।
स्थानीय युवा प्रमोद पटेल, अनिल ओझा लगायतका दर्जनौ युवाहरू बिगत १४ दिनदेखी निरन्तर खाना खुवाइरहदा स्थानीय गरिब/असहाय सर्वसाधारण हर्सित भएका थिए । कोरोना जस्तो महामारीको समयमा जिल्ला प्रशासन कार्यालय पर्साले लगाएको निशेधाज्ञाका कारण गरिब असहाय सर्वसाधारणमा मार परेको थियो । खाना समेत नपाइरहेको समयमा युवाहरूको जागरूक्ता देखि स्थानीयवासी हर्सित भएका थिए ।

Leave A Reply

Your email address will not be published.