Ultimate magazine theme for WordPress.

मुनलाइट मा.वि.द्वारा पूर्व विधार्थीहरुलाई सम्मान

335

वीरगंज १५ मंसिर
वीरगंजको रेशमकोटी स्थित मुनलाइट मावीले आज एक कार्यक्रमका विच विद्यालयमा अध्ययन गरी विभिन्न वैकमा सेवा गरिरहेका पुर्व विद्यार्थीहरुलाई सम्मान गरेको छ । विद्यालयको प्रंगणमा आज आयोजित कार्यक्रमका विच विद्यालयमा अध्ययनगरी हाल विभिन्न वैकहरुमा कार्यरत रहेका ६ जना विद्यार्थीहरुलाई सम्मान गरेको विद्यालयका प्रवन्ध निर्दशक सुलभ केसीले बताउनुभयो । कार्यक्रममा सेन्चुरी वैक वीरगंज शाखाका प्रमुख विकास डंगोल,सानिमा वैक वीरगंज शाखाका कंचन चौधरी, सिमानगढ शाखाका प्रमुख उमेश चौरसिया, करपोरेट डेभ्लपमेन्ट वैकका विकेश डंगोल, सनराइज वैकका सगुन श्रेष्ठ, एनएमवी बैकका नविन न्यौपानेलाई सम्मान गरिएको हो ।
यसैविच विद्यालयले आज स्पिन अ यान प्रतियोगिता सम्पन्न गरेको छ । विद्यालयका कक्षा ४ देखी ९ सम्मका विद्यार्थीहरुको सहभागिता रहेको प्रतियोगीतामा कक्षा ६ र ८ का विद्यार्थीहरुको समुहले प्रथम स्थान हासिल गरेका छन् । प्रतियोगितामा कक्षा ६ का सालु त्रिपाटी, रोशन चौरसिया, हेमन्त अधिकारी र रोहन अधिकारी तथा कक्षा ८ का सिदान्त वस्नेत, प्रियंका चौरसिया, ज्योति साह र शोभा साह प्रथम भएका हुन् । विद्यालयका प्रिन्सिपल श्याम केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विजयी छात्रछात्राहरुलाई वीरगज युवा समाजका अध्यक्ष कमल चौगाईले पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण हेमन्त तामांगले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.