Ultimate magazine theme for WordPress.

माधव नेपालले दर्ता गराएका असहमति पार्टी हितको लागि – नेता चौधरी

371

पर्सा, ११ भाद्र / पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सचिवालयको निर्णयविरुद्ध लिखित असहमति दर्ता गरेका छन् । केही दिन अगाडिको एउटा सचिवालय बैठक स्थगित भए पनि नेता नेपालले आफ्ना असहमति लिखित रूपमै राखेका थिए ।
नेपालको ती असहमतिहरु जनपक्षीय र पार्टी हितमा भएको भन्दै धेरै युवाहरुले समर्थन समेत जनाए ।
यसैबीच धेरै युवाहरु बिच समाजीक संजालमा विभिन्न किसिमका टीका टिप्पणी समेत भयो र नेकपाका युवा नेता मनोज चौधरी खुलेरै नेपालको असहमति जयज भएको तर्क गरे ।
“पार्टी एकता हुँदा पार्टी अध्यक्षद्वारा वरिष्ठ नेताका रूपमा नेपाललाइ राख्ने निर्णय गरेपछि , फेरि त्यो निर्णय परिवर्तन गर्नु बेठीक भएको पनि टिप्पणी नेता चौधरीले गरे ।
वरीयताको विषय वरिष्ठ नेताको लागि मात्र होइन, सबैका हकमा लागु हुनुपर्दछ । दोहोरो मापदण्ड अपनाउनु न्यायसङ्गत हुँदैन,” चौधरीले हमी सङ कुरा गर्दै भनेका छन् ।

Leave A Reply

Your email address will not be published.