Ultimate magazine theme for WordPress.

मकवानपुर प्रहरीद्वारा लागु औषध सहित एक जना पक्राउ

145

उमेश दुबे
वीरगंज, १४ माघ ÷ मकवानपुर जिल्लाको हेटौडाबाट लागु औषध सहित एक जना पक्राउ परेका छन् । आज वीरगंजबाट मकवानपुरतर्फ जादै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक अरुण कुश्वाहाको निर्देशनमा खटिएको प्रहरी सहायक निरीक्षक दिपक कुमार सिंहको कमाण्डमा खटिएको टोलीले हेटौडा उपमहानगरपालिका वडा नं. १५ पिपल चौतारीबाट पक्राउ गर्न सफल भएको बताइएको छ । पथलैयाबाट हेटौडातर्फ लागु औषध बोकी गइरहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले पक्राउ गर्न सफल भएको प्रहरी निरीक्षक अरुण कुश्वाहाले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा भरतपुर नगरपालिका वडा नं. १८ निवासी ३१ ब्र्षिय अर्जुन थापा मगरलाई लागु औषध सहित पक्राउ गरिएको प्रहरी निरीक्षक कुश्वाहाले जानकारी दिनुभयो । पक्राउ परेको मगर संग लागु औषध नाइट्रोभ्याट टयाबलेट १२ सय पिस, स्पासमो प्रोक्सिभन प्लस ४५ पिस र कारेक्स २ पिस गरी लागु औषध रहेको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । पक्राउ गरिएको लागु औषध सहित मगरलाई आवाश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाइएको प्रहरी निरीक्षक अरुण कुश्वाहाले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.