Ultimate magazine theme for WordPress.

भ्रस्टचारीदेखि बहुबिवाह गर्नेसम्म चुनावमा उम्मेद्वार बन्न नपाउने, को–को बन्न पाउदैनन् उम्मेद्वार?

85

काठमाडौं,माघ १९ : संविधानसभा सदस्य निर्वाचन २०७० मा नैतिक पतन देखिने फैजदारी कसुरमा सजाय पाएका व्यक्तिले निर्वाचनमा भाग दिन पाउने वा नपाउने ठूलै बहस चल्यो। भ्रस्टाचारी ठहर भइसकेका र संगठित अपराधमा सजाय पाएकाको हैसियत के रहने भन्ने राजनीतिक बृतदेखि अदालतसम्म बहस भयो।

नैतिक पतन देखिने फौजदारी कसुर के–के’लाई मान्ने भन्नेमा पनि सवैका फरक फरक धारणा बने।

कारण थियो –दोस्रो संविधानसभा सदस्य निर्वाचनका लागि तत्कालीन सरकारले जारी गरेको अध्यादेश। र, अध्यादेशको दफा १९ को व्यवस्था।

जसमा पहिलो पटक नैतिक पतन देखिने फौजदारी अपराधमा सजाय पाएको व्यक्ति निर्वाचनमा भाग दिन नपाउने व्यवस्था थियो।

व्यवस्थामा तत्कालीन एमाओवादीले बिरोध गर्याे। बिरोधमात्र गरेन पूर्वमहान्यायाधिवक्ता समेत रहेका माओवादी नेता मुक्ति प्रधानको एक मानवअधिकारवादी संस्थावाट उक्त व्यवस्था बदरका लागि अदालतमा रिट नै दर्ता भयो। तर, अदालतले मागदावी अनुसार आदेश गरेन।

अदालतबाट निराश भएको माओवादीले ज्यान मुद्दामा सजाय पाएका बालकृष्ण ढुंगेललाई समानुपातिक उम्मेद्वार नै बनायो। तर, उजुरीका आधारमा निर्वाचन आयोगले बदर गर्‌याे।

पहिलो संविधानसभा निर्वाचनमा प्रयोग नभएको यो अभ्यास दोस्रो संविधानसभामा निर्वाचनमा भएको थियो। त्यसअघिका स्थानीय निर्वाचनमा पनि नैतिक पतन देखिने फैजदारी कसुरमा कैद सजाय पाई सजाय भुक्तान गरेको ६ बर्षपछि चुनावमा उम्मेद्वार बन्न पाउने व्यवस्था थियो।

०००००

तर, अव नैतिक पतन देखिने फैजदारी कसुरमा सजाय पाएको व्यक्ति निर्वाचनमा उम्मेद्वार नै बन्न पाउदैनन्।

संसद्को राज्य व्यवस्था समिति अन्तर्गतको उपसमितिले स्थानीय तह निर्वाचन विधेयकमा भ्रस्टाचार, नैतिक पतनलगायतका दर्जन भन्दा बढी प्रकृतिका मुद्दामा सजाय पाएका व्यक्ति निर्वाचनमा उम्मेद्वार बन्न नपाउने व्यवस्था गरेको छ।

यस्ता व्यक्ति निर्वाचनमा बन्न पाउदैनन् उम्मेद्वार

  • जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपासार, लागूऔषध, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोगमा सजाय पाएका
  • अपहरण वा नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय पाएको।
  • अन्य कुनै कसुरमा २० वर्ष वा सोभन्दा बढी कैद सजाय पाई फैसला अन्तिम भएको अवस्थाका व्यक्ति।
  •  संगठित अपराधसम्बन्धी कसुरमा कैद सजाय पाएको व्यक्ति।
  • ज्यानसम्बन्धी कसुरमा २० वर्षभन्दा कम सजाय पाई सजाय भुक्तान गरेको ६ वर्ष पूरा नभएको व्यक्ति।
  • जातीय भेदभाव, छुवाछूत, बोक्सी, बहुविवाहमा सजाय पाई तीन बर्ष पूरा नगरेको व्यक्ति।
  • निर्वाचन कसुरमा सजाय पाएको दुई बर्षसम्म
  • भवितव्य रुपमा ज्यानसम्बन्धी कसुरमा सजाय पाएको ३ बर्ष।

दोस्रो संविधानसभाको अभ्यास

दोस्रो संविधानसभा सदस्य निर्वाचनमा निर्वाचन आयोगले भ्रष्टाचार, जबर्जस्ती करणी, मानव वेचविखन तथा ओसारपसार, लागुऔषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण वा राहदानी दुरुपयोग सम्बन्धी कसूरमा अदालतको अन्तिम फैसलाबाट सजाय पाएको व्यक्ति उम्मेद्वार हुन नसक्ने व्यवस्था गरेको थियो।


यस्तै, ज्यान सम्बन्धी मुद्दामा अदालतको अन्तिम फैसलाबाट सर्वस्वसहित जन्मकैद वा जन्मकैदको सजाय पाएको व्यक्ति पनि उम्मेद्वार हुन नपाउने व्यवस्था कानुनमा गरिएको थियो। बैङ्क तथा वित्तीय संस्थाको ऋण नियतवश नतिरी कालोसूचीमा परेको व्यक्ति पनि उम्मेद्वारका लागि अयोग्य थियो।

Leave A Reply

Your email address will not be published.