Ultimate magazine theme for WordPress.

भोलिको संसद बैठकमा संशोधन प्रस्ताव पेश गर्ने सरकारको तयारी

69

काठमाडौँ, २३ पुस : सरकारले भोली बस्ने संसद बैठकमा संविधान संशोधन प्रस्ताव पेश गर्ने तयारी गरेको छ । आजको सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मधेसी मोर्चाका नेताबीच अनौपचारिक छलफल भएको छ। छलफलमा भोलीको संसद बैठकमा संशोधन प्रस्ताव पेश गर्ने तयारी गरेको हो ।

त्यस्तै राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारीले पनि प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवासँग टेलिफोन वार्ता गरेका छन्। टेलिफोन वार्तामा प्रधानमन्त्री र कांग्रेस सभापति देउवाले आइतबार बस्ने संसद बैठकमा संशोधन प्रस्ताव पेश गर्ने मौखिक सहमती भएको जनाएको छ ।

यसअघि प्रधानमन्त्री प्रचण्डले भोली बस्ने संसद बैठकमा संविधान संशोधन प्रस्ताव टेबल गर्ने बताएका थिए।

Leave A Reply

Your email address will not be published.