Ultimate magazine theme for WordPress.

भिस्वा नाकाबाट रूकेन मरिच तस्करी, मध्यरातमै भारत पुग्यो २ टन मरिच

198

उमेश दुबे
पर्सा, २५ चैत्र / पर्सा जिल्लाको दोस्रो नाकाको रूपमा चिनिने भिस्वा नाकाबाट तस्करी नरूकिदा मध्यरातमै भारत २ टन मरिच पुगेको खबर प्राप्त भएको छ । प्राप्त खबर अनुसार नेपाल र भारतको सीमा नाका सन्वेदनशिल मानिएता पनि नेपाल प्रहरी र सशस्त्र प्रहरीकै माध्यमले तस्करी कार्य फस्टाएको हो ।
नेपाल र भारतको सीमामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी आफ्नो कार्य के कति इमान्दारिता पूर्वक गरिरहेको बारे प्रष्ट भएको छ । पर्सा जिल्लाको ग्रामीण भेगमा पर्ने भिस्वा बजारबाट दिनहु १ देखि ३ टनसम्म मरिच भारत पुग्ने गरेको स्थानियले बताएका छन । एक जना भिस्वा निवासीका अनुसार बजार समितीले बिरगंजबाट ल्याउने समानमा प्राय मरिच हुने गरेको र भिस्वा पुग्नसाथ रातिको समयमा साइकलको माध्यमले सीमा नाकामा पुर्याउने गरेको बताए ।
उहाले आफ्नो नाम नछाप्ने सर्तमा भिस्वाको सीमा प्रहरी चौकीले मोटो रकमको नजराना बुझे पश्चात् मौन रहेपनी सशस्त्र प्रहरीले मालसमान आयत/निर्यात गर्नको निम्ति स्कटिङ्ग समेत गर्ने गरेको बताए । बोर्डर आउट पोस्ट बन्जारीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक चुनराज थापाले दिउँसो सादा पोशाकमा घुमुवालाइ खटाउने गरेको र रातिको समयमा त्यही घुमुवालाई वर्दी लगाइ नाकाको लाइन क्लियर गराउन लगाउने गरेको बताए । दुई देशको सीमा सुरक्षाको जिम्मेवारी पाएका सशस्त्र प्रहरी बलले यस्तो तरिकाले तस्करी गराएको हेरि चकित भएका छन ।
भिस्वा नाकाबाट अबैध तरिकाले भारत जाने गरेको मरिचको कुख्यात तस्कर किशोरी, किशोर, लड्डु, पप्पु भन्ने रहेका छन भने एनूल भन्नेले भाडाकुडा, कवाडको शशिकान्त भन्नेले तस्करीको कार्यलाइ तिब्रता दिएको बताइन्छ । नेपाल र भारतको सीमामा मरिच पुर्याउनसाथ दसगज्जामै पिकमै लोड गरि भारत जाने गरेको एक जना भारतिय नागरिकले बताए । कहाँ जान्छ कसरी जान्छ आफूलाइ केही जानकारी नभएको तर मरिच दसगज्जामै लोड हुने गरेको बताए ।
यता भिस्वा नाकामा खटने सशस्त्र प्रहरीले वर्दिको आडमा कमाइ खाने भाडो बनाएको बारे सशस्त्र प्रहरी गण नम्बर १३ पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक प्रेमध्वज शाहलाइ समेत खबर गरेपनी मौन धारण गरेको आरोप स्थानियवासीको रहेको छ । एकजना अर्को स्थानियका अनुसार माथिल्लो निकायको सहमती नहुन्जेल यस्तो तरिकाको लाइन खोल्नु असम्भव रहेको बताए । माथिल्लो निकायलाइ नजराना बुझाउनको निम्ति, पोखरीया बजारमा तरकारी बजार सन्चान गरि बसेका अशोक बर्णवाल भनिने रकम उठाउने गरेको बताए । सशस्त्र प्रहरीले बर्णवाललाइ खटाउने गरेको र रकम उठाउनको निम्ति सादा पोशाकमा सशस्त्र प्रहरी जवानलाइ उनको संरक्षण निम्ति खटाइएको सशस्त्र प्रहरी श्रोतले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.