Ultimate magazine theme for WordPress.

भारततर्फ लैजादै गरेको अवस्थामा डिजेल बोकेको ट्रयाक्टर पर्सा प्रहरीको नियन्त्रणमा

167

उमेश दुबे
पर्सा, ४ असार / पर्सा जिल्लाको ग्रामिण भेगबाट तस्करी बाटो हुँदै भारततर्फ गइरहेको बिशेष सूचनाको अधारमा डिजेल ट्रयाक्टरमा बोकि गइरहेको अवस्थामा पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । बुधवार राती करीब ११ बजेको समयमा पर्साको छिपहरमाइ गाउपालिका वडा नम्बर ३ जयमङ्गलापुर हुँदै भारततर्फ जान लागेको डिजल बोकेको ट्रयाक्टर पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटी गएको टोलिले छिपहरमाइ गाउपालिका वडा नम्बर ५ बस्ने बिश्वनाथ पटेलको २३ बर्सिय छोरा सन्तोष पटेल सहित डिजल बोकेको ट्रयाक्टर पर्सा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । बिशेष सूचना आउनसाथ जिल्लाको क्राइम टोलि घटना स्थल पुगि नियन्त्रणमा लिन सफल भएको पर्सा प्रहरीले जनाएको हो ।
ना.१ त ४५४३ नं.को ट्याक्टरमा लोड रहेको डिजल १००० (एक हजार) लिटर भारततर्फ लैजादै गरेको अबस्थाबाट फेला पारी ट्याक्टर, चालक र डिजल सहित अ.रु ३,७३,०००।- (तिन लाख त्तिहतर हजार) मुल्य बराबरको सामान नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी बीरगंज भंसार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.